काठमाडौं । नेपाली कथानक चलचित्र ‘ऐश्वर्य’ का नयाँ पोष्टरमा केकी अधिकारीलाई पनि समावेश गरिएको छ । सुरुमा पोष्टर देखि प्रचारसम्म लुकाइएकी केकीलाई अन्तिममा आएर सार्वजनिक गरिएको हो ।
मुख्य भूमिकामा रहेकी दीपीका प्रसाइँ चलचित्रको प्रचारमा सुरु देखि नै देखिए पनि केकीलाई भने निर्माण पक्षले लुकाएको थियो ।
प्रोडुसर समेत रहेका चलचित्र ‘ऐश्वर्य’ का नायक रमेश उप्रेतीले उनलाई योजनाबद्ध रुपमा नै सुरुमा बाहिर नल्याइएको बताए । केकी विना ‘ऐश्वर्य नै अपूरो हुने भन्दै उनले भने, “हामीले सुरुमा लुकाएका मात्रै हौं । तर चलचित्रको भूमिकामा उहाँलाई लुकाएका छैनौं ।”
दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्रमा रमेश उप्रेतीसँगै दीपिका प्रसाइँ, प्रसान्त ताम्राकार र केकी अधिकारी मुख्य भूमिकामा छन् ।