site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सल्यान, ८ भदौ । जिल्लाको उत्तरी क्षेत्रमा रहेका गाविसमा बँदेलले बालीनाली सखाप पार्न थालेपछि स्थानीयबासी बारीमै जाग्राम बस्न थालेका छन् ।

रातको समयमा बँदेलको समूह आएर मकै, कोदोलगायतको बाली नाली नष्ट गर्न थालेपछि स्थानीय बालीनाली जोगाउन रातभर बारीमै जाग्राम बस्न थालेका हुन् । मकै पाक्न लागेको समयमा नजिकैका जङ्गलबाट बँदेलको समूह आएर मूलखोला, देवस्थल र घाँजरी पिपल गाविसका स्थानीयले लगाएको बालीनाली सखाप पार्न थालेपछि उनीहरु चिन्तित हुन थालेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बँदेलको समूहले मकै, बदाम, अदुवा, बेसार, पिडालु, तरुललगायतका बाली नाली नष्ट पारेको मूलखोला–५ का महेन्द्र बूढाले जानकारी दिए । “बर्सेनी पाक्न लागेको बाली नष्ट गरेर बँदेलले दुःख दिन थाले, बालीनाली जोगाउन बारीमै रातभर जाग्राम बस्नुपर्ने भयो,” बूढाले भने ।  लगातार तीन वर्षदेखि बँदेलको समूहले मूलखोला वडा नं ४ र ५, देवस्थलको २, ४ र ५ वडामा करिब २०० रोपनीमा लगाएको बाली सखाप पारेको स्थानीयको भनाइ छ । बँदेलको समूहले सबैभन्दा बढी मकैबालीमा क्षति पु¥याएको स्थानीय दुर्गा विसीले जानकारी दिए ।

“स्थानीय रातको समयमा थाली, मादल, सिटी बजाउने तथा बारीमै आगो बालेर जाग्राम बसेर बाली जोगाउने गरेका छन्, यसको स्थायी समाधान नभएसम्म स्थानीयवासीलाई सास्ती नै छ ,” विष्टले भने । बँदेलको समूहले मानिसलाई समेत आक्रमण गरेर घाइते समेत बनाउने भएकाले स्थानीय त्रसित भएका छन् । रासस

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ८, २०७३  ०७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC