साहित्य
काठमाडौं । ‘बाहुबली’ फिल्मबाट एकाएक चर्चाको शिखरमा पुगेका अभिनेता प्रभास र ‘आशिकी’ बाट उदाएकी अभिनेत्री श्रद्धा कपुर अहिले अर्को फिल्म ‘साहो’ को सुटिङमा व्यस्त छन् ।
फिल्म निर्माण यूनिटले उनीहरु बाहेक अरु सबै प्राविधिक र कलाकारहरुलाई मोवाइल फोन प्रयोगमा प्रतिबन्ध लगाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रभास र श्रद्धाले फिल्म सुटिङका बेला मोवाइल फोन आ–आफ्ना सहायकलाई दिने भएकाले प्रतिबन्ध लगाउन नपरेको बताइएको छ । फिल्मको सुटिङ चलिरहेका बेला फोन आउँदा प्राविधिकहरु बाहिर निस्कने र फोनमा अलमलिने भएकाले प्रतिबन्ध लगाइएको निर्माण पक्षले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०७४ १६:५९
प्रतिक्रिया दिनुहोस्