साहित्य
काठमाडौं । हलमा रिलिज गर्न नयाँ चलचित्र नआए पनि पुरानै चलचित्र दोहोरिएका छन् । ‘प्रेम गीत–२’ र ‘२ रुपैयाँ’ पनि पुनः हल आईपुगेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको दुई चरणको निर्वाचनका कारण दर्शक हल नजाने अनुमान गर्दै निर्माताहरुले रिलिज डेट नलिएपछि पुरानै चलचित्र दोहोरिएका हुन् । ‘प्रेम गीत–२’ र ‘२ रुपैयाँ’ ले अहिले क्युएफएक्समा १÷१ वटा सोज पाएका छन् ।
अहिले हलमा ‘झ्यानाकुटी’, ‘छक्का पञ्जा–२’ र ‘फाटेको जुत्ता’ पनि छन् ।
हिन्दी चलचित्र ‘पद्यमावती’ डिसेम्बर १ मा रिलिज हुने भनिएपछि पनि नेपाली चलचित्र निर्माता हच्किएका थिए । तर सेन्सरमा उत्पन्न भएको विवादका कारण उक्त चलचित्र पनि रिलिजमा आउन सकेन ।
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०७४ १२:२५
प्रतिक्रिया दिनुहोस्