site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
किर्तिमानी एथ्लेटिक्स खेलाडी केशरी रोजगारको लागि युएई प्रस्थान 
Ghorahi CementGhorahi Cement

काठमाडौं । किर्तिमानी एथ्लेटिक्स खेलाडी केशरी चौधरी रोजगारको लागि युएई प्रस्थान गरेकी छन् । एथ्लेटिक्सको चार स्पर्धामा किर्तिमानी खेलाडी केशरी बुधबार युएई प्रस्थान गरेकी हुन् ।

विभागीय टोली नेपाल पुलिस क्लबबाट खेल्दै आएकी केशरीको नाममा लङजम्प,हाइजम्प, त्रिपल जम्प र सय मिटर हर्डल्समा राष्ट्रिय किर्तिमान रहेको छ । केशरी नेपाल पुलिसकै जागीरे खेलाडी हुन् । तर, नेपाल पुलिसको सिपाही केशरीले पुलिसबाट राजिनामा दिएर युएई गएका हुन् । 

Agni Group

केशरीको नाममा लङजम्पतर्फ ५ दशमलब ३६ मिटरको राष्ट्रिय किर्तिमान छ । त्यस्तै केशरीले हाईजम्पमा १ दशमलब ६९ मिटर जम्प गर्दै राष्ट्रिय किर्तिमान बनाउदा, त्रिपल जम्पमा १२ दशमलब २० मिटर र सय मिटर हर्डल्समा १५ दशमलब २६ सेकेन्डको राष्ट्रिय किर्तिमान रहेको छ ।

पछिल्लो समय नेपाली खेलकुदमा भबिष्य नदेखेपछि केशरी युएई गएकी हुन् । केशरी युएई प्रहरीको सेक्युरिटी कम्पनिमा काम गर्न त्यसतर्फ गएको बुझिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०७४  १७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC