site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
साउदी–इजरायल नजिकिँदा किन हरायो ईरानको निद्रा ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । ईरानका राष्ट्रपति हसन रूहानीले हालै सांसदहरुलाई सम्वोधन गर्दै साउदी अरबले यमनमाथि बमबारी रोकेर इजरायलसँगको सम्बन्ध नटुटाउँदासम्म रियादसँग कूटनीतिक सम्बन्ध स्थापित नगरिने प्रतिक्रिया दिएका थिए ।

साउदी अरबले इजरायल सामु घुँडा टेकेर यहूदीवादसँग सम्बन्धका लागि भिक मागेको भन्दै उनले मेरुदण्ड विनाको राज्यको सट्टा आफ्नो मुलुकका नागरिकका लागि उभिएर आफ्नो वरपरका देशमाथि विश्वास गर्नुपर्नेमा जोड दिएका थिए । 

उनले भने, “साउदी अरब यहूदीवादसँगको सम्बन्ध तोडेर यमनमाथि अमानवीय बमबारी समाप्त गरोस् । हामीलाई साउदी अरबबाट कुनै अप्ठ्यारो छैन् । हामी साउदीसँग सुमधुर सम्बन्ध कायम गर्न सक्छौं ।’’

Prabhu Bank
Agni Group
NIC Asia

ईरानी अधिकारी लगातार यमनमा जारी सैन्य हस्तक्षेपलाई लिएर साउदी अरबको लगातार आलोचना गर्दै आएका छन् । तर देशकै शिर्ष नेताले पहिलो पटक सार्वजनिक रुपमा इजरायललाई जोडेर साउदी अरबको विदेश नीति परिवर्तनको माग गरेको यो पहिलो घट्ना हो । 

उता ईरानी प्रदर्शनकारीले दुतावासमा आक्रमण गरेपछि साउदी अरबले गत वर्षको जनवरीबाटै तेहरानसँग आफ्ना सम्पूर्ण कूटनीतिक सम्बन्धन तोड्दै अन्य अरब देशहरुलाई पनि ईरानसँग सम्बन्ध नराख्न अपिल गरेको थियो । साउदी अरब र इजरायलबीच खÞुिफया र सुरक्षा सहयोग बढेपछि तेहरान शशंकित भएको छ । 

Global Ime bank

साउदी अरब र इजरायलबीचको निकट सम्बन्ध 

मध्य पूर्वका देशहरु जस्तो साउदी अरबको इजरायलसँग कुनै औपचारिक राजनीति सम्बन्ध छैन् । इजरायल प्रतिको अरब जनमतको विरोध र त्यसबाट हुन सक्ने सम्भावित राजनीतिक दुष्परिणाम यसको मुख्य कारण हो ।

त्यस्तै साउदी अरब र इजरायलबीच वाणिज्य र आर्थिक क्षेत्रमा पनि घनिष्ट सम्बन्ध छैन् । इजरायली एयरलाइन्सलाई एशियाली मुलुकको उडानका लागि साउदी अरबको वायु सीमा पार गर्ने पाउने स्वीकृति नहुनुलाई यसको उदाहरणका रुपमा लिन सकिन्छ । 

यद्यपी पछिल्ला केही वर्षमा विशेष गरी कथित ‘शान्तिपूर्ण शक्तिहरु’ का साथ तेहरानको परमाणु सम्बन्ध पछि इजरायल र साउदी अरब नजिक भएका छन् । ईरानको क्षेत्रीय शक्तिसँग मिलेर सामना गर्नु र मध्यपूर्वमा आफ्नो प्रभाव बढाउनु नै यि दुई देशबीच सम्बन्ध स्थापित हुनुको मुख्य कारण हो । 

एक अमरीकी अधिकारीका अनुसार पछिल्लो पाँच वर्षसम्म इजरायल र साउदी अधिकारीहरुबीच चलेको वार्ताको परिणाम नै दुई देशबीच जजिकको सहयोग हो । 

१६ नोभेम्बरमा साउदी अखबार ‘इल्लाब’ सँगको साक्षात्कारमा इजरायली सेनाका प्रमुख जनरल गैडी आइसेनकाटले यस क्षेत्रका लागि ‘ईरानलाई सबैभन्दा ठूलो खतरा’ भनेका थिए । यसका साथै उनले ईरानको सामना गर्न अरब देशहरुलाई इजरायल सहयोग गर्न तयार रहेको पनि बताएका थिए । 

केही दिन अघि पहिलो पटक साउदी अरब र इजरायलले संयुक्त राष्ट्र मानवाधिकार परिषदमा सीरिया विरुद्धको प्रस्तावलाई समर्थन गरेका थिए । सोही समयमा इजरायली सञ्चार मन्त्री अयूब काराले साउदीका मेजर जनरल अब्दुलअजीज अल–शेखलाई तेल अवीव सहर भ्रमणका लागि आमन्त्रण पनि गरेका थिए । 

त्यस्तै साउदी अरबले पनि  इजरायालको नजिक आउने प्रयास गरेको छ । गत वर्ष गर्मीयाममा डोनल्ड ट्रम्प अमेरीकाको राष्ट्रपति बन्नु भन्दा कयौं महिना अघि साउदी अरबले शान्ति मुद्दामाथि छलफल गर्न एक प्रतिनिधि मण्डललाई तेल अवीव पठाएको थियो । 

ट्रम्प फ्याक्टर

यद्यपी साउदी अरबका तर्फबाट भइरहेका गतिविधिहरु ट्रम्प सत्तामा आए पछि तिव्र पारिएका छन् । गत महिना साउदीका क्राउन प्रिन्स मोहम्मद बिन सलमान र प्यालेष्टाइनी राष्ट्रपति महमूद अब्बासबीच रियादमा भेटवार्ता भएको थियो । भेटवार्तामा साउदीले मध्य पूर्वका लागि अमेरीकाका विशेष दूत तथा ट्रम्पका छोरी ज्वाँई जैरेड कूशनरको शान्ति योजना स्वीकार गर्द प्यालेष्टाइनसँग आग्रह गरेको थियो । 

न्यूयोर्क टाइम्सले साउदी अरब र इजरायल बीच सहयोग बढाउनुलाई कूशनरको सबैभन्दा ठूलो उपलब्धि रहेको बताएको छ । जसमा इजरायली एयरलाइन्सलाई साउदी वायु सीमामा प्रवेश र इजरायलको व्यापारको मुद्दापनि समावेश छ । 

ईरानका लागि खतराको घण्टी

रियाद र तेल अवीवको बीच राजनीतिक, सुरक्षा र खुफिया सूचनाहरुको आदान–प्रदानमा सहयोग ईरानका लागि खतराको घण्टी समान छ । साउदी अरब मध्यपूर्वमा एक अलग्गै मुलुक नभएर सुन्नी ‘ब्लक’ को नेता हो । ईरानका छिमेकी देशरु बहराईन, कुवेत र संयुक्त अरब इमिरेट्ससँग साउदीको घनिष्ट सम्बन्ध छ । 

साउदीसँगको सम्बन्धका कारणले गर्दा यि देशहरु पनि इजरायलसँग आफ्नो सम्बन्ध सुधार तर्फ जाने निश्चित छ । एक पूर्व अमरीकी राजदूतका अनुसार इजरायल र अरब देशबीच सहयोगका लागि कयौं व्यक्तिहरु पर्दा पछाडिबाट काम गरिरहेका छन् । 

ईरान र इजरायल बीच हालैका दिनमा चरमपन्थी समुहलाई कथित रूपबाट तेहरानको आर्थिक सहयोग नै मुख्य विवाद रहेको छ । अरब देशहरुको राजीनतिक साझेदारका रुपमा इजरायलका प्रति जनमत तयार भए इजरायली नीतिलाई नै बल पुग्ने देखिन्छ । जसबाट अरब जनमतको ‘दिल र दिमाग’ लाई जित्नका लागि तेहरानले बनाएको नीति कमजोर हुनेछ ।

फलस्वरुप इजरायल प्रति अरब जगतमा व्याप्त सोच हटेपछि अरब देशमा मात्रै नभएर अन्तरराष्ट्रिय स्तरमा पनि ईरान अलग थलग पर्नेछ । 

साभार : बीबीसी हिन्दीबाट


 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  ०१:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC