site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
कसरी लिक भयो नयाँ सामसङ ग्यालेक्सी एस ९ को तस्बिर ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्यामसङ ग्यालेक्सी एस ८ र एस ८ प्लस २०१७ का अत्यन्तै चर्चित फोनहरु हुन् । त्यसकारण पनि धेरै मानिसहरु आगामी महिना प्रदर्शन गरिने भनिएको यसको नयाँ भर्जनका लागि उत्सुक रहँदै आएका छन् । यस्तोमा लन्च अघि नै स्यामसङको यो नयाँ मोडल लिक भएपछि सबैतिरबाट यसबारे भिन्दाभिन्दै प्रतिक्रिया आइरहेको छ ।

चिनियाँ सामाजिक सञ्जाल वइबोका एक प्रयोगकर्ताले नयाँ स्यामसङ ग्यालेक्सी एस ९ र एस ९ प्लस का थुप्रै तस्बिरहरु पोस्ट गरेको फोब्र्सले जानकारी दिएको छ । अब आउने फेब्रुअरी महिनामा मात्र लन्च गरिने तय भएको स्यामसङ ग्यालेक्सीको नयाँ भर्जन एस ९ लाई अन गरिएको अवस्थामा नौवटा तस्बिर लिक भएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसकारण लिक भएका सो तस्बिरका आधारमा एस ९ का धेरै बाहिरी फिचरहरु एस ८ सँगै मिल्दोजुल्दो भएको बताइएको छ । स्क्रीन र सेन्सर ग्यालेक्सी एस ८ को जस्तै भएको बताइएको छ । ग्यालेक्सी एस ९ प्लस एस ९ बाट ठूलो स्क्रीनका कारणले मात्र नछुट्टिएर त्यसको डुअल लेन्स रियर क्यामरा र र्यामले पनि भिन्दै रहेको बताइएको छ । यसका साथै फिङ्गरप्रिन्ट स्क्यानरलाई पनि बीचमा राखिएको देख्न सकिन्छ । लिक भएका सो तस्बिरहरुमा एस ९ चलाइएको भने देखिएको छैन ।

अब चाँडै नै लन्च हुन लागेको ग्यालेक्सी एस ९ को प्रदर्शन भने निकै प्रभावकारी हुने र सबै प्रयोगकर्ताहरु सन्तुष्ट हुने स्यामसङले दाबी गर्दै आइरहेको छ । तरपनि बाहिरी विशेषताहरु एस् ८ सँग धेरै समान देखिएपछि कतिपय मानिसहरु निरुत्साहित भएको फोब्र्सले जानकारी गराएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २१, २०७४  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC