site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नेपित । म्यानमारका रोहिङग्या शरणार्थीलाई बङ्गलादेशबाट फिर्ता गर्न लागिएको समाचार जनाइएको छ । म्यानमार र बङ्गलादेशद्वारा ती शरणार्थीलाई फिर्ता गर्ने विषयमा यही जनवरी २३ देखि स्वदेश फर्काइँने सहमत भएको बताइएको हो । 

मङ्गलबार म्यानमारमा भएको दुवै देशका विदेशमन्त्रीको बैठकमा सो सहमति भएको थियो । 

नेपितमा भएको सहमति बमोजिम यी दुवै देश आगामी जनवरी २३ देखि शरणार्थीलाई स्वदेश फर्काउने बारेमा सहमत भएका थिए – म्यानकारको विदेश मन्त्रालयलका एक जना अधिकरीले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

आगामी जनवरी २३ बाट उनीहरुलाई म्यानमार फिर्ता गर्ने र त्यसका लागि म्यानमार र बङ्गलादेश मिलेर शरणार्थी फिर्ता गर्नेसम्बन्धी केन्द्रहरुको स्थापना गर्ने सहमति भएको छ । 

यसका लागि बङ्गलादेशले पाँच वटा केन्द्र स्थापना गर्नेछ भने अर्कातर्फ म्यानमारले उनीहरुलाई स्वदेश फिर्ता गर्ने रुटका लागि आवश्यक पूर्वाधार पनि खडा गर्नेछ । 

Global Ime bank

उनीहरुलाई आवश्यक सुरक्षा व्यवस्थाका लागि पनि म्यानमार सरकारले प्रबन्ध गर्ने बताइएको छ । सुरक्षा प्रबन्ध राम्रो हुन नसक्दा उनीहरुको फिर्ताको कार्यक्रम प्रभावकारी हुन नसक्ने र उनीहरु स्वदेश फर्किन पनि नमान्ने सो समाचारमा जनाइएको छ । 

म्यानमारमा जारी हिंसाका कारण उनीहरु गत अगष्ट २५ देखि म्यानमारबाट भागेर बङ्गलादेशतर्फ छिरेका हुन् । उनीहरु हाल बङ्गलादेशको कोक्स बजार क्षेत्रमा शरणार्थी शिविरहरुमा बस्दै आएका छन् । 

राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोगको प्रतिवेदनअनुसार उनीहरु हाल बङ्गलादेशमा छ लाखभन्दा बढीको सङ्ख्यामा रहेका छन् । 

उनीहरुलाई उक्त आयोग, अन्तरराष्ट्रिय दाता संस्था र बङ्गलादेश सरकारले सहयोग गर्दै आएका छन् । उनीहरुले जतिसक्दो चाँडै आफ्नो घर फर्किन पाउँ भन्दै विश्व समुदायसँग अपिल गर्दै आएका छन् । 

म्यानमारको सेनाको ज्यादति सहन नसकी उनीहरु देशबाट भागेका हुन् । सेनाले भने ती रोहिङग््या समुदायको अधिकार खोज्ने एक सशस्त्र संगठनले म्यानमारको सेनामाथि आक्रमण गरेको भन्दै उनीहरुलाई लखेटेको थियो । 

शरणार्थीलाई स्वदेश फिर्ता गर्न विश्व समुदायले पनि म्यानमार समक्ष विगत लामो समयदेखि आग्रह गर्दै आएको छ । 

सोही दबाबका कारण म्यानमारको सरकारको अग्रसरतामा शरणार्थी फिर्ता गर्नेसम्बन्धमा यी दुई देशका विदेशमन्त्रीबीच दुई पटकसम्म बैठक बसेको थियो । रासस÷सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ४, २०७४  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC