site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बाम एकताबारे बाबुरामको व्यंग्य– राजनीतिमा पनि भेडा भेडासँग, बाख्रा बाख्रासँग हुनु राम्रो हो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता औपचारिक रुपमा अघि बढेको भन्दै बधाई दिएका छन् ।
उनले समाजिक सञ्जाल फेसबुकमा सोमबार राति एमाले र माओवादीबीच भएको सात बुँदे सहमतिले औपचारिक रुपमा पार्टी एकता अगाडि बढेको भन्दै बधाई दिएका हुन् । 
‘एमाले र माओवादी केन्द्र एकताप्रक्रिया औपचारिक रुपले अघि बढेकोमा हार्दिक बधाई तथा शुभकामना’ भट्टराईले लेखेका छन्, ‘राजनीतिमा पनि भेडा भेडासँग, बाख्रा बाख्रासँग हुनु राम्रो कुरा हो ।’
उनले एमाले र माओवादीबीचको पार्टी एकताले विचार, नीति, कार्यक्रम, कार्यशैली एउटै भएका तर ब्राण्ड मात्रै फरक भएका पार्टीहरुको भ्रमबाट मुक्त हुन सजिलो हुने पनि बताएका छन् । 

उनले दुई पार्टीबीचको एकताले मुलुकमा विशिष्ठ परिस्थिति अनुकुलको समावेसी, समानुपातिक, सहभागितामूलक लोकतन्त्रमा आधारित समुन्नत समाजवाद वा नयाँ समाजवादको तेश्रो धार निर्माण गर्न मद्दत पुग्ने समेत बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

‘अब देशमा दोश्रो विश्वयुद्धपछिको शितयुद्धकालीन दुइ ध्रुवीय परिवेशमा जन्मेर हुर्केका परम्परागत उदारवादी लोकतन्त्रको पक्षधर कांग्रेस र स्टालिनवादी राज्य समाजवाद पक्षधर कम्युनिष्ट ध्रुवको विकल्पमा एक्काइसौं शताब्दी र चौथो औद्योगिक क्रान्तिको विश्वसन्दर्भ र भर्खरै संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको तथा क्रोनि क्यापिटालिज्म (आसेपासे पुँजीवाद) को दुष्चक्रमा फस्न थालेको नेपालको विशिष्ठ परिस्थिति अनुकुलको समावेसीरसमानुपातिकरसहभागितामूलक लोकतन्त्रमा आधारित समुन्नत समाजवाद वा नयाँ समाजवादको तेश्रो धार निर्माण गर्न मदत पुग्नेछ,’ भट्टराईले अगाडि लेखेका छन् ।

सोमबार राति एमाले र माओवादी केन्द्रबीचमा एकीकरणका प्रारम्भिक ७ आधारहरुमा सहमति भएको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०७४  १२:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC