site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
सहरी यातायातमा गुणात्मक सुधारको संकेत
Sarbottam CementSarbottam Cement


काठमाडौं उपत्यकामा यातायात सेवा न सुलभ छ न सुविधाजनक नै छ । वास्तवमा यातायात सेवाका दृष्टिमा उपत्यका ५० वर्ष पहिलेभन्दा पनि असहज बनेको छ । सडक र मोटर जति थपिए पनि यात्रुका लागि सुविधा तथा सुरक्षा पटक्कै थपिएका छैनन् । पाँच दशक पहिले सजिलै यात्रा गर्न सकिने स्थानहरूमा समेत अहिले यात्रा गर्न सकस हुने गरेको छ । राजधानी उपत्यकाको यातायात यति धेरै असुरक्षित, अनिश्चित र असुविधाजनक हुनु लाजमर्दो हो । एकातिर सहरी जनसंख्यामा तीव्र वृद्धि, अव्यवस्थितै सही द्रूत गतिमा सहरीकरण भइरहेको छ र शिक्षा, स्वास्थ्य एवं सञ्चारमा प्रगति पनि भएको छ भने अर्कातिर सामान्य जनताका सुरक्षा र सुविधाप्रति राज्य उदासीन रहेकाले उपत्यकाको सार्वजनिक यातायात सेवा नारकीय हुनपुगेको हो । तर, केही वर्षयता बिस्तारै उपत्यकाको यातायातमा सुधारको आशालाग्दो संकेत देखिन थालेको छ । सडकमा साझाका बसहरू फेरि गुडेको देखिन थालेपछि उपत्यकावासीमा आवागमन सुविधाजनक हुने आशा बढेको हो ।

सन् १९९० को दशकमा थालिएको आर्थिक खुलापनपछि नेपालमा राज्यले सडक यातायात पूरै निजी क्षेत्रको जिम्मामा छाड्यो । यसको प्रत्यक्ष प्रतिकूल प्रभाव उपत्यकालगायत सहरी यातायात सेवा परेको देखिएको छ । एकताका देशकै सबैभन्दा ठूलो यातायात सञ्चालक साझा यातायात राजनीतिक हस्तक्षेप, अनियमितता र भ्रष्टाचारका कारण ओरालो लागेको थियो । पछिल्लोपटक साझा यातायातको व्यवस्थापनमा परिवर्तनपछि सुधार हुन थालेको छ । फलस्वरूप, साझाले काठमाडौं उपत्यकालगायत देशका विभिन्नरुटमा हाल ४७ वटा ठूला बस चलाइरहेको छ । यात्रुको सुरक्षा र सुविधालाई प्राथमिकता दिने क्रममा साझा यातायातले सुविधाजनक जन बस सञ्चालन गरेर नेपालको सहरी यातायातको इतिहासमा नयाँ आयाम थपेको छ । यसका लागि साझा यातायातका सञ्चालकहरू धन्यवादका पात्र भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

साझा यातायात एक्लैले जति नै सेवा र सुविधा दिए पनि उपत्यकाको आवश्यकता पूरा हुनसक्तैन । तर, साझाकै सिको गरेर अरू यातायात सेवा सञ्चालकले पनि यात्रुहरूको सुरक्षा र सुविधालाई समेत प्राथमिकता दिए भने उपत्यकाको यातायात सेवामा अपेक्षित सुधार हुन धेरै समय भने लाग्नेछैन । राज्यले सार्वजनिक यातायात सेवा पूरै निजी क्षेत्रको जिम्मामा छाड्न हुँदैन । साथै, निजी र सार्वजनिक क्षेत्रका व्यवसायीबीच राज्यले विभेद पनि गर्नु हुँदैन । काठमाडौं र ललितपुर महानगरपालिकाले साझा यातायातमा संस्थागतरूपमै संलग्न भएर सहकारी र स्थानीय सरकारका बीचमा सहकार्यको उदाहरण प्रस्तुत गरेका छन् । यस उदाहरणलाई अपनाएर अरू नगरहरूले पनि सहरी यातायात सेवालाई सुरक्षित र सुविधाजनक बनाउन सक्छन् । साझा यातायातले अरू नगरहरूलाई प्राविधिक तथा व्यवस्थापकीय सल्लाह दिएर सहयोग गर्नसक्ने देखिन्छ ।

साझा यातायातले पनि प्रारम्भमा काठमाडौं उपत्यकामै सेवा केन्द्रित गर्नु उपयुक्त र फलदायी हुने देखिन्छ । लामा दूरीका बसहरू उपत्यकाका तुलनामा अपेक्षाकृत सुविधाजनक छन् । साझाले लामो दूरीमा एकाध बस चलाएर उपस्थिति देखाउनेबाहेक तात्विक अन्तर पार्न पनि सक्तैन । तर, उपत्यकामा भने तिनै बस पनि नयाँ रुटमा चलाएर वा व्यस्त रुटमा थपेर सार्थक सुविधा उपलब्ध गराउन सक्नेछ । यस्तै, नयाँ जन बसजस्तो यात्रुमैत्री बसका लागि निश्चित स्थानको सडक पेटीबाट ह्विलचेयरबाट नओर्लीकन बस चड्न मिल्ने सुविधा निर्माण नगर्ने हो भने त्यसको उपादेयता रहनेछैन । यसैले महानगरपालिकाहरूले यसमा साझासँग सहकार्य गरून् । अस्पतालहरूको रुटमा चलाइने जन बसको स्टप देशकै ठूला अस्पताहरूमध्येका प्रसूति गृह र वीर अस्पताल नजिक पनि हुनुपर्छ । यस्ता सामान्य लाग्ने तर यात्रु सुविधाका दृष्टिले महत्त्वपूर्ण विषयमा पनि सझा यातायात र सरकारको सम्बन्धित निकाय तथा महानगरपालिकाको ध्यान जाओस् ।
साझा यातायातका पछिल्ला प्रयासबाट उपत्यकाको सहरी यातायातमा सुधारको संकेत देखिएको छ । साझा यातायात सबैको सहयोग जुटाएर देशकै सार्वजनिक यातायात सेवामा सार्थक हस्तक्षेप गर्न सफल होस् । शुभकामना !

Global Ime bank

 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०७४  १४:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC