site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौँ, २३ भदौ । चर्चित हास्यकलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाको टोलीले बनाएको नेपाली चलचित्र ‘छक्कापन्जा’ शुक्रबार देशभर प्रदर्शन हुँदैछ ।

निरौलाले पहिलो पटक निर्देशन गरेको यो बहुप्रतीक्षित चलचित्रमा निर्देशनमा नाम नआए पनि गिरीको बुद्धि र अनुभव उत्तिकै मिसिएको जानकार बताउँछन् । सफल हास्य टेलिशृङ्खला ‘तितो सत्य’का निर्देशक गिरी अहिलेसम्मको अग्रिम बिक्री र दर्शकको उत्साह हेर्दा चलचित्र सफल हुने विश्वास व्यक्त गर्नुहुन्छ । रासससँग कुरा गर्दै उनले भने, “(शुक्रबार)का लागि करिब ६० प्रतिशत टिकट आजै बिक्री भइसक्यो ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार चलचित्रले वैदेशिक रोजगारीको मार्मिक कथालाई हास्यरससहित सामान्य नेपालीले बुझ्ने गरी प्रस्तुत गरेको छ । यसको ‘पूर्वपश्चिम रेल’ बोलको गीत चलचित्र प्रदर्शनअघि नै बहुचर्चित बनिसकेको छ ।   चलचित्र गिरी, निरौला र निर्मल शर्मासहितको हास्यकलाकारको टोलीले निर्माण गरेको हो । चलचित्रमा गिरी, प्रियङ्का कार्की, जितु नेपाल, नम्रता सापकोटा, शिवहरि पौडेल, केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउत, करुणा कार्की आदि कलाकारले अभिनय गरेका छन् ।

यसअघि सोही टोलीले बनाएका चलचित्र ‘छ एकान छ’ र ‘वडा नम्बर छ’ले सफलता पाइसकेकाले यो पनि सफल हुने अनुमान चलचित्र समीक्षकले गरेका छन् । चलचित्रमा कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व, पुरुषोत्तम प्रधानको छायाङ्कन, विपीन मल्लको सम्पादन तथा दीपक शर्मा र राजनराज शिवाकोटीको सङ्गीत छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७३  १९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC