site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कालो हरिणको शिकार मामिलामा सलमान खान दोषी ठहर
Sarbottam CementSarbottam Cement

काठमाडौं । कालो हरिण शिकार मामिलामा बलिउड अभिनेता सलमान खानलाई दोषी ठहर गरिएको छ । सन् १९९८ मा राजस्थान जोधपुरको ग्रामीण क्षेत्रमा दुई वटा कालो हरिणको शिकार गरेको आरोपमा सलमान खान र अन्य ५ माथि मुद्दा दर्ता गरिएको थियो । 

सलमान खानका साथ फिल्म अभिनेता सैफ अली खान र अभिनेत्री सोनाली बेन्द्रे, तब्बू र नीलमको नाम पनि यसमा मुछिएको थियो । अदालतले सलमान खानलाई दोषी ठहर गरेको छ भने अन्यलाई निर्देष सावित गरेको बीबीसीले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सलमान खानका वकिलले उनका लागि तीन वर्षभन्दा कम लामो सजायको माग गरिरहेका छन् । अभियोजन पक्षका अनुसार फिल्म ‘हम साथ–साथ हैं’ को शूटिङका दौरान जोधपुरमा रहेका बेला यो शिकारको घटना भएको थियो । भारतको वन्यजीव कानुनको अधिनमा रहेर सलमानविरुद्ध रिट दायर भएको थियो । जस अनुरुप दोषी ठहर भएपछि छ वर्षसम्मको सजायको प्रावधान छ । 

तर सलमान खान र अन्य फिल्मी कलाकारहरुले सलमानमाथि लगाइएको आरोपलाई तथ्यहिन भएको दावी गर्दै आएका छन् । अदालतको फैसलाभन्दा अघि  सलमानका वकिल हस्तीमल सारस्वतले अदालतमा सलमानलाई झुठो मुद्दामा फसाइएको दावी गरेका थिए 

Global Ime bank

तर अभियोजन पक्षले यस मामिलामा कुल २८ प्रत्यक्षदर्शी अदालतमा पेश गरेको थियो । अभियोजन पक्षले अदालतले फिल्मी कलाकारहरु निरीह वन्य प्राणीकोे शिकारमा सहभागि भएको पुष्टि गरेको छ । 

यसअघि शिकारको दुई मामिलामा अदालतले सलमान खानलाई दोषमुक्त गरिसकेको छ । तर लामो समयसम्म सुनवाई चलेको कालो हरिणको मुद्दामा कयौं उतार–चढावपछि अन्ततः सलमान खानलाई दोषी ठहर गरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २२, २०७४  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC