site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
केएनपी राष्ट्रिय महिला भलिबललाई शिवम् सिमेन्टको साथ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । वैशाख तेस्रो साताबाट राजधानीमा सुरु हुने केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई शिवम् सिमेन्टले सहप्रायोजन गर्ने भएको छ । आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठान र शिवम् सिमेन्ट लिमिटेडबीच मंगलबार सहप्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ  । 

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा वैशाख २१ देखि २५ सम्म चल्ने प्रतियोगिताको लागि आयोजक प्रतिष्ठान र शिवम्बीच एक वर्षे सम्झौता भएको हो । प्रतिष्ठानकी संरक्षक गमली खड्का र शिवम्का प्रोजेक्ट हेड निखिल अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

सम्झौतासँगै शिवम्ले प्रतियोगिताको लागि आयोजकलाई ५ लाख उपलब्ध गराउने छ । शिवम्ले ३ लाख नगद प्रदान गर्नेछ भने २ लाख बराबरको मञ्च व्यवस्थापन र फुटकर खर्चको लागि नगद उपलब्ध गराउने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी गराए । सम्झौतासँगै शिवम्ले आयोजकलाई ३ लाखको चेक हस्तान्तरण गरेको थियो । यो प्रतियोगिताको लागि शिवम्ले दोस्रो पटक प्रायोजन गरेको हो । प्रतियोगिताको लागि गत वर्ष पनि शिवम्ले ३ लाख बराबरको सहयोग गरेको थियो ।

प्रतियोगितामा तीन विभागीय टोलीसहित शिवम् न्यु डायमण्ड एकेडेमी, पश्चिमाञ्चल भलिबल टोली र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रसहित ६ टोलीको सहभागिता रहनेछ । केएनपी जापान प्रालिको मुख्य प्रायोजनमा रहने प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन् ।

Global Ime bank

प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार तथा व्यक्तिगत विधामा उत्कृष्ट हुने समान ५ – ५ हजार पुरस्कार पाउनेछन् । त्यस्तै आयोजकको रोजाईमा एक खेलाडीलाई केएनपी शेरबहादुर खड्का स्मृति स्पेशल अवार्डसहित नगद १० हजारले सम्मानित गरिने आयोजकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०७५  १३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC