विशेष
काठमाडौं । मुस्लिम धर्मावलम्बीले बिहीबार इद–उलफित्र पर्व उत्साहका साथ मनाइरहेका छन् ।
रमजानको एक महिनाको अवधि पूरा भएको रात्रिमा चन्द्रमाको अवलोकन गरेको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ । यस पर्वको अवसरमा बिहीबार बिहान मस्जिदमा गइ मुस्लिम धर्मावलम्बीहरुले सामूहिक रुपमा नवाज पढेका थिए ।
बिहान नयाँ वस्त्र धारण गरेर मस्जिद वा इदगाहमा पुगेर अल्लाहलाई नमाज अदा गरी एकापसमा गला मिलाएर शुभकामना आदान–प्रदान गर्ने प्रचलन छ ।
यसका साथै विभिन्न परिकारका भोजन पकाएर खाने, इष्टमित्रलाई खुवाउने, गरिबलाई अन्न, वस्त्र र नगद दान गर्ने यो पर्व तीन दिनसम्म मनाइन्छ ।
प्रकाशित मिति: बिहीबार, असार २३, २०७३ १२:००
प्रतिक्रिया दिनुहोस्