site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एसएसपी दिवेश लोहनीसहित २८ जना पुर्पक्षका लागि जेल चलान, फरार एसएसपीका चालक छुटे 
Ghorahi CementGhorahi Cement

काठमाडौं । गायब भएको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेकामध्ये २८ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । मंगलबार थुनछेक बहस सकिएपछि मोरङ जिल्ला अदालतले यस्तो आदेश दिएको हो ।

फरार रहेका एसएसपी श्याम खत्रीका चालक प्रहरी हवल्दार अमरबहादुर थापा मगर साधारण तारेखमा रिहा भएका छन् भने खत्रीकै अर्का चालक विष्णु खड्का १५ हजार धरौटी तिरेर रिहा भएका छन् । पुर्पक्षका लागि चेल चलान हुनेमा अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी संजय राउत, प्रजित केसी, सइ बालकृष्ण सञ्जेल, पूर्वडीआइजी गोविन्द निरौला छन् ।

Agni Group

यस्तै सनमको हत्यामा संग्लन भनिएका मोहन काफ्ले, नरेन्द्र कार्की र टेकराज मल्ल ठकुरी, शाक्यको हत्यामै सहयोगी भूमिका खेल्ने लाक्पा शेर्पा र मदन घिमिरे, भुजुङ गुरुङ, भारतीय व्यापारी महावीर गोल्यान, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, दोराम खत्री, सम्बिरप्रसाद तोलाङे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, वीरेन्द्रमान श्रेष्ठ, राजन थापा, लालबहादुर मगर, राजु महर्जन, आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य र जय मातादी गोल्ड प्यालेसका पवन अग्रवाल पनि जेल चलान भएका छन् । गतवर्ष माघको पहिलो साता युएईबाट आएको भनिएको तस्करीको साढे ३३ किलो सुन गायब भएपनि सुनसँगै जोडेर गोरेको समुहले नै सनम शाक्यको हत्या प्रहरीले बताएको छ ।

सनमको हत्या लुकाउन र घटना अन्तै मोड्न अपराध महाशाखाका एसएसपी दिवेश लोहनी लगायतले भूमिका खेलेको भन्दै प्रहरी प्रधान कार्यालयले उनीहरुलाई महाशाखाबाट हेडक्वार्टर तानेको थियो । 

Global Ime bank

घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वका उच्चस्तरीय छानविन समिति गठन गरेको थियो । समितिले तस्करीका मुख्य नाइके र सनम हत्यामा समेत संग्लन रहेको भन्दै संगठीत अपराध ऐन अन्र्तगत अनुसन्धान गर्दा गोरेलाई मुख्य अभियुक्त बनाएर ६३ जनाविरुद्ध मुद्दा दायर गर्न मोरङ प्रहरीलाई सुझाएको थियो । गोरे भने फरार थिए । उनी मंगलबार काठमाडौंबाट पक्राउ परेका थिए । मंगलबार नै उनलाई मोरङ जिल्ला अदालतमा पेश गरिएको थियो । 

फागुन १९ मा महानगरीय प्रहरी अपराध महाशाखा, काठमाडौंबाट खटिएको टोलीले धरानमा शाक्यको शव फेला पारेको थियो  । आफ्नो चेन अफ कमाण्ड मिचेर विराटनगर र धरानसम्म पुगेर अनुसन्धान गर्ने गरेको भन्दै अपराध महाशाका अधिकारीमाथी पनि अनुसन्धान सुरु भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC