site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कहाँ छ गोरेको सम्पत्ति ? भेटिएन बैंक खाता पनि 
Sarbottam CementSarbottam Cement

काठमाडौंमा पक्राउ परेका चुडामणि उप्रेती गोरे । पक्राउपछि पत्रकार सम्मेलन गर्दै उनलाई सार्वजनिक गरिएको थियो । फाइल तस्बिर 



काठमाडौं । ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्याका मुख्य अभियुक्त हुन् चुडामणि उप्रेती ‘गोरे’ ।   गृह मन्त्रालयले बनाएको विशेष अनुसन्धान समितिले गोरेलाई काठमाडौंको गौरीघाटबाट पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।
तर गोरेका बुबाले विराटनगरमा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै गोरे आफैं आत्मसमपर्ण गरेको बताएका थिए ।

काठमाडौं सार्वजनिक गरेलगत्तै गोरेलाई बयानका लागि मोरङ लगिएको छ । जिल्ला अदालत मोरङमा उनको बयान तीनदिनदेखि जारी छ ।  उनीविरुद्ध ३८ क्वीन्टल सुन अवैध रुपमा भित्र्याएको भन्दै १७ अर्ब एक करोड ८० लाख १३ हजार ४९० रुपैयाँको बिगोसहित जरिबाना माग गर्दै अदालतमा मुद्दा दायर गरिएको छ ।
यति ठुलो कारोबार गर्ने गोरेको नाममा भने नेपालमा अहिलेसम्म सम्पत्ति भेटिएको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

न त उनको कुनै बैंकमा खाता नै भेटिएको छ । 

माघको दोस्रो साता दुबईबाट अवैध रुपमा नेपाल ल्याइएको साढे ३३ किलो सुन एकाएक गायब भएपछि सुन तस्करीको रहस्य बिस्तारै बाहिर आएको थियो । सुन तस्करीमै संलग्न समूहको यातनाबाट गोरेका सहयोगीकै रुपमा रहेका साथी सनम शाक्यको हत्या भएपछि गृह मन्त्रालयले सह सचिव ईश्वरराज पौडेलको नेतृत्वमा विशेष छानबिन समिति बनाएको हो ।

Global Ime bank

समितिले अहिलेसम्म सुन तस्करी र सनम हत्यासँग जोडेर ६५ जनाविरुद्ध मोरङ प्रहरीमार्फत अदालतमा मुद्दा दायर गरिसकेको छ । तर अनुसन्धानको पाटो भने अझै नसकिएको समिति स्रोत बताउँछ । विशेष छानबिन समितिका संयोजक पौडेलले गोरे पक्राउपछि सार्वजनिक गर्दै भनेका थिए– गोरेसँग लिएको बयानपछि प्रारम्भिक अनुसन्धानबाट केही नयाँ तथ्य फेला परेको छ । हामी अनुसन्धानकै क्रममा छौं ।”

“यसै मुद्दाका विभिन्न अभियुक्तहरु जम्मा ६५ जना हुनुहुन्छ, गोरे पक्राउपछि निजहरुका विषयमासमेत थप प्रमाण र तथ्य फेला परेका छन्,” समितिका संयोजक पौडेलले भने ।  त्यसबाहेक पनि अन्य सूचना र प्रमाण पनि फेला परेको समितिले पत्रकार सम्मेलनमा जनाएको थियो ।

कहाँ छ त गोरेको सम्पत्ति ?

गृह मन्त्रालय अन्तर्गतको विशेष छानबिन समितिले अहिले गोरेले लिएका नामको थप अनुसन्धान जारी राखेको छ भने गोरेको सम्पत्ति खोजी गरिरहेको जनाएको छ । समितिका एक सदस्यका अनुसार गोरेबाट खुलेका केही नामहरुका बारेमा अहिले अनुसन्धान जारी छ ।
समितिले अहिलेसम्म नेपालमा कुनै पनि बैंकमा गोरेको खाता भेटेको छैन ।

“हामीले पक्राउपछि गोरेसँग बयान लिएका थियौं,” समिति स्रोतले भन्यो, “गोरेबाट केही कुराहरु खुलेका पनि छन् । ती नामहरुका बारेमा पहिले अनुसन्धान गर्छौं ।” “उसको नाममा कुनै पनि बैंकमा खाता भेटिएको छैन,” स्रोतले आशंका व्यक्त गर्दै भन्यो, “कतै विदेशमा डलरमा खाता पो खोलिएको छ कि !”

गोरेले आफ्ना नजिकका व्यक्तिका नाममा काठमाडौंमा जग्गा जोडेको हुन सक्ने आशंका समितिले गरेको छ । “आनाको करिब ५० लाख पर्ने ठाउँमा १७ आनाजति जग्गा अरु कसैका नाममा भेटिएको छ,”स्रोतले भन्यो, “उक्त जग्गा गोरेकै लगानीमा किनिएको हुन सक्ने आशंका गरेर अनुसन्धान जारी राखेका छौं ।”

बयानमा के भन्छन् गोरे ?

गोरेले बयानमा आफू भरियामात्र भएकाले बताउँदै आएका छन् । समिति स्रोतका अनुसार समितिलाई दिएको बयानमा पनि उनले आफू भरिया मात्रै भएको बताएका थिए । प्रहरीले वैशाख १९ गते ६३ जनाविरुद्ध सन् २०१५ देखि अहिलेसम्म ३८ क्वीन्टल सुन अवैध रुपमा भित्र्याएको भन्दै १७ अर्ब एक करोड ८० लाख १३ हजार ४९० रुपैयाँको बिगोसहित अभियोग दर्ता गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०७५  ०९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC