देश
महोत्तरी । महोत्तरीको सम्सीबाट प्रहरीले १० गाईसहित एक जनालाई पक्राउ गरेको छ ।
बिहान १ बजे प्रहरी गस्ती टोली अवैधरुपमा भारततर्फ निकासी हुँदै गरेको अवस्थामा सम्सी गाउँपालिका–६ का ५० वर्षीय शेख तमिरुललाई सो परिमाणको गाईसहित नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिए । रासस
प्रकाशित मिति: शनिबार, जेठ १२, २०७५ ०८:५२
प्रतिक्रिया दिनुहोस्