site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सगुनमा बलिउड अभिनेतृ मन्दिरा बेदीको पनि लगानी
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । बलिउडकी चर्चित कलाकार मन्दिरा बेदीले नेपालीले स्थापना गरेको स्टार्टअप कम्पनी “सगुन”मा लगानी गरेकी छन् । उनले आफू सगुनसँग निकै आशावादी भएको तथा स्टार्टअपलाई सघाउनुपर्ने उल्लेख गर्दै सुगुनको ३ हजार लगानीकर्तामा आफूलाई उभ्याएकी हुन् ।
बेदीले भनिन्, “मैले फेसबुक, गुगल, युट्युबजस्ता अर्बौं डलरका कम्पनीमा कहिल्यै लगानी गर्ने अवसर पाएकी छैन,” उनले भनिन्, “अहिले राम्रो नियमन भएको र कम जोखिम भएको सगुनजस्तो कम्पनीमा लगानी गर्न पाएकी छु ।” सगुनका संस्थापक गोविन्द गिरी र उनको टिमलाई बेदीको सुभकामना सन्देश पनि छ ।
अमेरिकामा बस्ने नेपालीले स्थापना गरेको सामाजिक इकमर्स प्लेटफर्म “सगुन”ले ग्लोबल मार्केटमा यतिखेर मिनी आईपीओ निस्कासन गरिरहेको छ । सगुन सन् २०१४ मा अमेरिकामा स्थापना भएको कम्पनी हो । यसका अहिले २३ लाखभन्दा बढी प्रयोगकर्ता छन् । कम्पनीको मूल्यांकन करिब ९ करोड ३० लाख लडर (करिब ९ अर्ब ५० करोड रुपैयाँ) पुगेको छ । 
सगुनले अमेरिकी नियामक निकायबाट अनुमति लिएर मिनी आईपीओ निस्कासन गरेको हो ।
मन्दिराले भनिन्, “भारतीय फिल्म उद्योगले धेरै स्टार्टअपलाई प्रोत्साहन गरिरहेको छ । धेरै नयाँ कुराको खोज र अनुसन्धान गरिहेका स्टार्टअपलाई सबैले सहयोग गर्नुपर्छ ।”
मन्दिरा गत फागुनमा सार्वजनिक भएको सगुनको मोबाइल एप सवर्बजनिक कार्यक्रममा सञ्चालिका थिइन् । सामाजिक सञ्जालले युजरलाई धेरै समस्या सिर्जना गरेको बताउँदै मन्दिराले त्यस्ता समस्या समाधान गर्ने उपाय सगुनले पहिल्याएको बताइन् । उनले थपिन्, “सगुनले कनेक्ट, सेयर एन्ड अर्न जस्तो फरक खालको कन्सेप्ट ल्याएको छ । संस्थापकले यसलाई ज्ञान तथा सूचना बाँडी पैसा कमाउने प्लेटफर्मका रुपमा विकास गर्न चाहेका छन् ।” 
सगुनको मिनी आईपीओ यही जुन दोस्रो सातासम्म खुल्ला रहने छ । सगुनमा लगानी गर्न सगुन डटकम/इन्भेस्ट मा गएर लगानी गर्न सकिन्छ । यसको लागि सगुनमा पहिलो पटक डेबिट/क्रेडिट कार्डबाट समेत लगानी गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०७५  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC