site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्प र किम वार्ताको स्वागत
Sarbottam CementSarbottam Cement

मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको प्रत्यक्ष भेटवार्ताको रुसी प्रशासन केन्द्र क्रेमलिनले स्वागत गरेको छ । 

ट्रम्प र किमबीच भएको अभूतपूर्व वार्ताको क्रेमलिनले स्वागत गरेको हो । यसरी प्रत्यक्ष उपस्थित भई दुई नेताबीचको वार्ता स्वागतयोग्य भएको क्रेमलिनका प्रवक्ता दमित्रि पेस्कोभले पत्रकारहरुलाई बताए ।  

Prabhu Bank
Agni Group
NIC Asia

मङ्गलवार सिङ्गापुरमा उत्तर कोरिया र अमेरिकी नेताबीच भएको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको निम्तो नेता किम जोङ उनले स्वीकार गरेका छन् ।  

सिङ्गापुरमा दुई नेताबीच भएको शिखर बैठकका बेला ट्रम्पले किमलाई ह्वाइट हाउसमा भ्रमणको निम्तो दिएका थिए । साथै किमले पनि ट्रम्पलाई उत्तर कोरिया भ्रमणको निम्तो दिएका छन् ।  

Global Ime bank

भ्रमणको निम्तोले दुई नेताबीचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास गरिएको छ । तर केही आलोचकहरूले भने उत्तर कोरियाली नेताका लागि यो प्रचारबाजीको अर्को मौका भएको पनि बताएका छन् । 

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमको प्रयत्क्ष भेटवार्ताको विश्वले नै स्वागत गरेको छ । यस वार्ताले कोरियाली प्रायद्वीपमा द्वन्द्व समाप्त हुने अपेक्षा गरिएको छ । 

यस वार्ताको सफलताले दुई कोरियाबीच वर्षौदेखि छुट्टिएका दाजुभाइ, दिदीबहिनी र परिवारजनको पुर्मिलनको सुनौलो आशा पलाएको छ । रासस÷एएफपी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०७५  ०१:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC