site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौँ, रासस । नेपाल विद्युत् प्राधिकरणको सहायक तनहुँ जलविद्युत् कम्पनीको मुख्य संरचना निर्माणका लागि निर्माण व्यवसायीको छनोट गरिएको छ । 

कूल १४० मेगावाट क्षमताको सो आयोजनाका लागि कम्पनीले आज निर्माण व्यवसायी छनोट गरेको हो । आयोजनाको नदी फर्काउने, बाँधलगायतका संरचना निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने इटालियन कम्पनी सिएमसी छनोट भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सोही कम्पनीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजना निर्माण गरिरहेको छ । सो कम्पनीसँग रु २० अर्ब ६४ करोड ५२ लाखमा खरिद सम्झौता हुनेछ । आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजका लागि सबैभन्दा कम बोलकबोल गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशन लिमिटेड छनोट भएको छ । उक्त कम्पनीसँग रु तीन अर्ब ८३ करोड १४ लाखमा खरिद सम्झौता हुनेछ । 

तनहुँ हाइड्रोपावर लिमिटेडले गत साउन ७ गते बोलपत्रको नतिजा सार्वजनिक गरी छनोट भएका निर्माण कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको छ । दुवै कम्पनीले साउन ८ गते पत्र बुझिसकेका छन् । पत्र बुझेको २८ दिनभित्र कम्पनीले कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि उपस्थित हुनुपर्ने तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिकेले बताए । 
खरिद सम्झौता भएको दुई महिनापछि निर्माण शुरु गर्ने र सम्पूर्ण निर्माण डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य राखिएको थिकेले बताए । तनहुँ हाइड्रोपावर लिमिटेडले २०७३ माघ १९ मा पहिलो र दोस्रो प्याकेज निर्माणका लागि पूर्व योग्यतामा छनोट भएका कम्पनीलाई बोलपत्र प्रस्ताव पेश गर्न आह्वान गरेको थियो । पहिलो प्याकेज निर्माणका लागि पूर्वयोग्यतामा छनोट भएका पाँच कम्पनीमध्ये तीनवटाले र दोस्रो प्याकेजका लागि पूर्वयोग्यतामा छनोट भएका तीन वटा कम्पनीमध्ये दुई वटाले बोलपत्र पेश गरेका थिए । 

Global Ime bank

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौली–भरतपुर २२० केभीको क्षमताको प्रसारण लाइन निर्माण गर्न निर्माण कम्पनी छनोटका लागि २८ असारमा बोलपत्र आह्वान गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत् खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ । 

आयोजनाको कूल लागत अमेरिकी डलर ५० करोड ५० लाख प्रशारण लाइन, ग्रामिण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत रहेको छ । यसमध्ये एसियाली विकास बैंक एडिबीले अमेरिकी डलर १५० मिलियन, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैंक इआइबीले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । 

यसका लागि सम्बन्धित दातृ निकाय र सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेको छ । नेपालमा नै पहिलो पटक अर्धजलाशययुक्त आयोजनाका रुपमा तनहुँ सेती जलविद्युत् आयोजनालाई लिइन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १०, २०७५  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC