site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
दैनिकका दृष्टि : पप्पुको पुल, वायुसेवाका जहाज
Sarbottam CementSarbottam Cement

गत हप्ताका दैनिक पत्रिकाको मुख्य समाचार बिम्स्टेकको सम्मेलन भएता पनि पाठकका दृष्टिकोणले अन्य समाचार रोचक देखिएका छन् । गएको हप्ता कान्तिपुरले पप्पु कन्स्ट्रक्सनले गरेको अनियमित कामको पोल खोल्यो भने अन्नपूर्ण पोस्टले नेपाल वायुसेवामा भएका पाइलटको संख्या तथा वाइड बडी जहाज खरिदमा भएको अनियमितताको समाचार प्रकाशित गर्‍यो । 

कान्तिपुर पप्पु कन्स्ट्रक्सनको पछाडि रौतहटको डुंगा दुर्घटनापछि लागेको देखिन्छ । सो जिल्लाको लालबकैया नदीको टिकुलिया घाटमा एक डुंगा डुब्दा केही व्यक्ति बेपत्ता भएका थिए । सो स्थानमा लामो समय देखि ठेकेदारले पुल नसकाएको र डुबेको डुंगा पनि

निर्माणाधिन पुलको पिलरमा ठोक्किएर डुबेको कारण सर्वसाधारण चिढिएका थिए । यो पुलको ठेक्का पप्पु कन्स्ट्रक्सनले पाएको हो । सो कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियार पर्सा–३ बाट संघीय लोकतान्त्रिक फोरमको टिकटमा संसदमा निर्वाचित सांसद पनि हुन् । देशभर निर्माणाधीन १०० पुलमध्ये पप्पु कन्स्ट्रक्सनले आफू एक्लै र साझेदारसमेत गरेर करिब २५ वटा पुल बनाउन थालेको र सबैको हालत यस्तै लथालिंग भएको पनि सो पत्रिकाले रिपोर्टिंग गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार डुंगाको दुर्घटनाबाट शुरु भएको पप्पुको पुलको कथा मंगलबार बर्दियाको बबई नदीको जब्दीघाटको पुलमा पनि आइपुग्यो । सो पुल बीचमा भासिएको १ वर्ष भएको छ । कान्तिपुरले गौरमा ठेकेदारविरुद्ध भएको आन्दोलन र भासिएको पुलको फोटोसहित अलपत्र योजनाको सूचीनै प्रकाशित गरेको छ । 

सो समाचारका अनुसार डुडुवा नहर, हरिवन–कौडेना सडक कालोपत्रे, टिकुली पुल, कमला पुल, रातु पुल, आरही पुल, तिलावे पुल, नारंगिया पुल तथा फुलजोर पुल अलपत्र अवस्थामा रहेका छन् । यी आयोजनाको ठेक्का रकम २ करोड देखि ९८ करोडसम्म छन् । बुधबार बिम्स्टेकको मन्त्रिस्तरीय बैठक शुरु हुँदै गर्दा एक कोलममा कान्तिपुरले पप्पुको पुलको समाचारलाई निरन्तरता दियो । सो समाचारका अनुसार ठेकेदारले कमसल सामग्री प्रयोग गर्दा बबई नदीको पुल भासिएको निश्कर्ष छानबिन समितिले दिएको छ । 

Global Ime bank

पप्पुको पुलको सन्दर्भमा कान्तिपुरले मंगलबारको पत्रिकामा सम्पादकीय पनि लेख्यो ।  ‘ठेकेदार किन ठगदार’ शीर्षकमा लेखिएको सो सम्पादकीयमा कान्तिपुर लेख्दछ, गलत काम गर्ने ठेकेदार सरकारी कार्यालयलाई टेरपुच्छर नलगाउने र कारवाहीको चेतावनी दिएका अवस्थामा पनि भाका नाघेपछि चेतावनीको म्याद थप्न निवेदन हाल्छन् । समयमै ठेक्का सक्नुभन्दा नेताकहाँ धाउने वा अदालतबाट अन्तरिम आदेश ल्याएर पनि काम नगरी बस्छन् । सडक विभागबाट सबैभन्दा बढी पुलको इजाजत लिने पप्पु कन्स्ट्रक्सनको कूल ठेक्का रकमनै १० अर्ब रुपैयाँ बढी छ । कान्तिपुर लेख्छ, कानुनी शासनलाई खिसी गर्नेगरी यस्ता ठेकेदार आफैँ कानुन निर्माण गर्ने थलोमा पुगेका छन् । यिनमा नैतिकता भए आफूले बनाउने पुल, बाटो आदी आफू र आफ्ना सन्ततिले पछिसम्म प्रयोग गर्छन् भनेर राम्रो काम गर्थे ।

तर नैतिकता भएन भने उ राज्यलाई ठग्न सकेकोमानै दंग पर्छ । पहुँचले सबैथोक बिगारेको भन्दै कान्तिपुर लेख्छ, राजनीतिक संरक्षणले गर्दा नै ठेकेदारहरू ठगदार भएका हुन् ।

नेपाल वायुसेवा विरुद्ध अन्नपूर्ण

अन्नपूर्ण पोस्टले गएको हप्ता नेपाल वायुसेवामा देखिएको अनियमिततामा प्रश्न उठाएको छ । नेपालको झण्डाको प्रतिनिधित्व गर्ने सरकारी एयरलाइन्सविरुद्ध अन्नपूर्णको यो हप्ताको समाचार सोमबार प्रकाशित भयो । सो समाचारमा अन्नपूर्णले निगमसँग रहेको चालू हालतको नौ मध्ये सात जहाज थन्किएको समाचार प्रकाशित गरेको थियो । पोस्टका अनुसार ल्याएको जहाज नउडाएर गत आर्थिक वर्षमा निगमलाई ३५ करोडभन्दा बढी घाटा लागेको थियो । पोस्ट लेख्छ–निगमसँग रहेको तीनवटा ट्विनअटर जहाज उडाउन १० जना पाइलट छन्, जसमध्ये तारा एयरबाट पनि मासिक १० लाख तलबमा दुईजना ल्याएको छ । यो संख्या अत्यन्त बढी भएको पनि पोस्टले आफ्नो समाचारमा लेखेको छ ।

पाइलट संख्याको भोलिपल्ट नेपाल वायुसेवा निगमले किनेको दुईटा एयरबस ए ३३० को विषयमा सो दैनिकले समाचार प्रकाशित गर्‍यो । पोस्टका अनुसार पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले सो जहाजको खरिद प्रकरणमा देखिएको अनियमिततामाथि छानबिन शुरु गरेको छ । सिधै जहाज खरिद नगरी दलाल खडा गरेर खरिद गरिएको हुनाले छानबिन शुरु भएको मन्त्रालयले गठन गरेको समितिका अध्यक्ष सुरेश आचार्यले पोस्टलाई बताएका छन् । 

अन्नपूर्णले पहिल्यै प्रकाशित गरेको समाचारका अनुसार छानविन समिति खडा भएको सो पत्रिकाले जनाएको छ । सो पत्रिकाका अनुसार जहाज खरिदमा ५२ लाख अमेरिकी डलर बढी तिरिएको तथा अन्य मुद्दा रहेका छन् ।

बुधबार अन्नपूर्ण पोस्टले वाइड बडी जहाजको प्रकरणमा बनेको छानविन समितिलाई नै ‘ढाकछोप’ समिति भनेर मुख्य समाचार बनायो । पोस्टका अनुसार निगमले गरेको निर्णयको छानबिन गर्न बहुमत संख्या त्यहि समितिकै राखिएको कारणले यो एक ढाकछोप समिति मात्रै हो । समितिका संयोजक सुरेश आचार्यनै निगममा सञ्चालक रहेको र उनी सञ्चालक हुँदै ठूलो पैसा तिर्ने निर्णय भएको कारणले सो छानबिन समितिमा विश्वास नभएको सो पत्रिकाले जनायो । साथै समितिका अन्य सदस्यको निगमसँग कस्तो सम्बन्ध छ भन्ने पनि सो पत्रिकाले स्पष्ट पारेको छ ।
अन्य समाचार
 

नेपालका दैनिक पत्रिकाले बिम्स्टेक सम्मेलनलाई सकारात्मक रुपमै लिएको देखिएको छ । बैठक सुरु हुँदादेखिनै मन्त्रीस्तरिय बैठक र अन्य समाचारलाई नेपाली पत्रिकाले महत्वका साथ प्रकाशित गरे । सबै पत्रिकाले बिम्स्टेकबाट नेपालले फाइदा लिन सक्नुपर्छ भन्ने व्यहोराका सम्पादकीय लेखे ।

आइतबारदेखिनै बिम्स्टेकको समाचारलाई अन्नपूर्ण पोस्टले सकारात्मक रुपमा पहिलो पृष्ठमा प्रकाशित गर्दै आयो । हिमालय टाइम्सले मंगलबार विदेश सचिवहरूको समाचारलाई मुख्य बनायो । नयाँ पत्रिकाले भने मंगलबार नै सम्मेलनको सुरक्षाका लागि १७ हजार सुरक्षाकर्मी परिचालित भएको र सुरक्षाको नेतृत्व नेपाली सेनाले गरिरहेको चाखलाग्दो समाचार प्रकाशित गर्‍यो । बुधबारदेखि शनिबारसम्म सबैजसो दैनिकमा बिम्स्टेक मुख्य समाचारको रुपमा छायो । कान्तिपुरले बुधबार प्रकाशित गरेको सैन्य अभ्यासको समाचार अन्य समाचार भन्दा अलि फरक थियो ।

यही समाचारका बीच चीन पश्चिम सेती ७५० मेगावाटको आयोजनाबाट बाहिर निस्कने समाचार आयो । नेपालको जल विद्युत विकासको लागि यो अप्रत्यासित र गतिलो झट्का साबित भयो । चीनको थ्री गर्जेज कम्पनीले ६ वर्ष आयोजना ओगटेपछि यसबाट हात झिकेको हो । यसअघि पश्तिम सेती अस्ट्रेलियन कम्पनी स्मेकले १७ वर्षसम्म ओगटेर बसेको थियो । यो समाचारलाई नयाँ पत्रिका, अन्नपूर्ण तथा नागरिकले महत्वका साथ प्रकाशित गरे । कान्तिपुरबाहेक समीक्षित दैनिक सबैले यो समाचारलाई सोही दिन स्थान दिए ।

यस हप्ताको अर्को समाचार कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको गत साउन १० गते बलात्कार तथा हत्या भएको समाचारमा आएको नयाँ पाटो हो । यो समाचारलाई दैनिक पत्रिकाले महत्वका साथ प्रकाशित गरे । सरकारले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तथा एसपीलाई फिर्ता बोलाएर एसपी डिल्लीराज विष्टलाई निलम्बित पनि गरेको छ । अब निर्मला पन्त घटनाको सुरुदेखि अनुसन्धान हुने समाचारले आइतबारका पत्रिकामा महत्वपूर्ण स्थान पायो ।  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १७, २०७५  ०६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC