site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मनोज गजुरेल स्टारर चलचित्रले लियो रिलिज डेट 
Sarbottam CementSarbottam Cement

काठमाडौं । भ्रष्टाचारविरुद्धको सन्देश बोकेको चलचित्र ‘सयकडा दश’ ले रिलिज डेट लेक गरेको छ । हाँस्य कलाकार मनोज गजुरेल स्टारर सोसल ड्रामाले माघ १८ गतेलाई रिलिज मिति तय गरेको हो । 

शनिबार ललितपुर हात्तिवनमा आयोजित समारोहमा निर्माताले मिति घोषणा गरे । उक्त अवसरमा स्थानीय मानव सेवा आश्रमका दुई दर्जन वृद्धवृद्धा र अशक्तलाई भोजन र सरसफाइका सामाग्री प्रदान गरियो । 

Prabhu Bank
Agni Group
NIC Asia

“फिल्मले सामाजिक र सांस्कृतिक सन्देश दिन्छ र यसको कथावस्तु मनपरेकैले फिल्म गरेको हुँ,” आफ्नो डेब्यु फिल्मबारे गजुरेलले भने, “बागमती सफाइ अभियन्ता र अध्यात्म क्षेत्रमा सक्रिय निर्मातासँगको सहकार्यले फिल्मलाई अझ जीवन्त तुल्याएको छ ।”

रंगमञ्च अभिनयले चलसचित्र करियरमा सजिलो भएको उनले उल्लेख गर्दै उनले भने, “चलचित्रको अन्तर्य प्रेम मात्र होइन, भ्रष्टाचारले प्रेमदेखि परिवारमा पार्ने प्रभाव समेत हो । मलाई पहिले जति फिल्म अफर आए, ती सबै सूत्र शैलीमा थिए, सयकडा दश नितान्त भिन्न छ ।”

Global Ime bank

अभिनेता राजाराम पौडेलले सयकडा दशलाई आफ्नो फिल्मी करियरकै सर्वोत्कृष्ट फिल्मको रुपमा व्याख्या गरे । “मैले करियरमा जति फिल्म खेलेँ, तीमध्येको उत्कृष्ट हो र फिल्म हेरिसकेपछि दर्शकले मनभित्र जतन गरेर राख्नेछन्,” उनले भने । 

रामशरण पाठक निर्देशित फिल्मले भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा भन्छ । पौडेल र गजुरेलसहित अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राईको अभिनय रहेको फिल्मलाई पाठकले लेखेका हुन् । 

दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । साजन थापा सहनिर्माता हुन् । निर्माताले च्यारिटीसहित सामाजिक कार्यमार्फत पनि फिल्मको प्रवद्र्धन गर्ने प्रचार संयोजक सुदीप पौडेलले बताए ।  


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २३, २०७५  १४:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC