site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला हत्याकाण्डको ‘झुटो’ अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई कारवाहीको तयारी, एसएसपीको नेतृत्वमा समिति गठन
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्मला पन्त हत्याकाण्डमा ‘झुटो’ अनुसन्धान गर्दै नक्कली अभियुक्त खडा गर्ने प्रहरी अधिकारीममाथि कारवाही हुने भएको छ । प्रहरी प्रधान कार्यालयले कञ्चनपुर घटनामा प्रहरीको भूमिका शंकास्पद र अनुसन्धानमा गम्भीर त्रुटि रहेको निष्कर्ष निकालेको हो । 

प्रहरी स्रोतका अनुसार भदौ १४ गते नै प्रहरी अधिकारीमाथि छानबिन र कारवाही सिफारिसका लागि एसएसपी उत्तमकुमार सुवेदीको नेतृत्वमा समिति गठन गरिएको थियो । निर्मला हत्याकाण्डको अनुसन्धानमा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट यसअघि नै निलम्बनमा परिसकेका छन् भने अन्य प्रहरी अधिकारीको भूमिकाबारे अनुसन्धान जारी छ । प्रहरी स्रोतका अनुसार अनुसन्धानमा दिलिप विष्टलाई नै मुख्य अभियुक्त बनाएर प्रस्तुत गर्ने कार्यमा सिआइबीका डिएसपी अंगुर जिसीको पनि संलग्नता पाइएपछि उनलाई पनि निलम्बन गर्ने वा अन्य कारवाही गर्नेबारे छलफल भइरहेको छ । निर्मला हत्याकाण्डको अनुसन्धानका लागि सिआइबीले जिसीको नेतृत्वमा टोली कञ्चनपुर पठाएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, कञ्चनपुरका तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी र अनुसन्धान अधिकृत एकेन्द्र खड्कालगायत अन्य केही जुनियर अधिकृतको पनि कमजोरी रहेको प्रहरीले औंल्याएको छ । निर्मला हत्याको आरोपमा २४ दिनपछि प्रहरीले मुख्य अभियुक्तका रुपमा भीमदत्त नगरपालिका– १९ का दिलिप विष्टलाई मुख्य अभियुक्तको रुपमा भदौ ४ गते सार्वजनिक गरेको थियो । तर, निर्मलाको शरीरमा भेटिएको प्रमाणको डिएनए रिपोर्ट दिलिपसँग नमिलेपछि उनी मंगलबार साधारण तारेखमा रिहा भएका छन् ।

विष्टलाई अभियुक्तको रुपमा सार्वजनिक गरिएपछि स्थानीयले वास्तविक हत्यारा लुकाउन प्रहरी लागिपरेको भन्दै आन्दोलन गरेका थिए । चर्कंदै गएको आन्दोलनमा तत्कालीन प्रहरी र पछि गएका एसपी कुवेरसिंह कडायतको टोलीले गोली चलाउँदा एकजनाको मृत्यु भएको थियो । घटनामा अन्य १२ जना घाइते भएका थिए । यसअघि प्रहरीले दिलिपलाई डिएनए र अन्य स्वास्थ्य परीक्षणका लागि काठमाडौं ल्याएको थियो । स्थानीयले निर्मला हत्याकाण्डमा नक्कली अभियुक्त खडा गर्ने कार्यमा संलग्न प्रहरी अधिकारीलाई कारवाहीको माग गर्दै आएका छन् । दिलिप रिहा भएसँगै निर्मलाको हत्यारा को हो भन्ने प्रश्न जन्मिएको छ । प्रहरीकै अनुसन्धान झुटो सावित भएपछि प्रहरीमाथि थप चुनौती बढेको छ ।

Global Ime bank

प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्री भन्छन्, ‘‘कञ्चनपुर घटनालाई हामीले गम्भीर रुपमै लिएका छौं । केही पात्र खराब भए पनि संगठन कानुनप्रति प्रतिवद्ध छ । निर्मलाका हत्यारा पत्ता लगाएरै छोड्छौं ।’’ प्रहरी अधिकारीको भूमिकामाथि प्रश्न उठेपछि आन्तरिक छानविन भइरहेको पनि उनले बताए । यसअघि मंगलबार साँझ गृह मन्त्रालयमा बसेको गृहमन्त्री, सचिव, आईजीपीलगायत उच्च अधिकारी सहभागी बैठकले पनि अनुसन्धानमा संलग्न सबै प्रहरीमाथि छानबिन गर्ने निर्णय गरेको छ ।

यसअघि सरकारले गठन गरेको उच्चस्तरीय समितिले पनि निर्मला हत्याकाण्डमा प्रहरीको भूमिका गैरजिम्मेवार देखिएको निष्कर्ष निकालिसकेको छ । छानबिनका क्रममा दोषी देखिए प्रहरी अधिकारीमाथि विभागीयदेखि अन्य कानुनी कारवाही पनि हुनसक्ने प्रहरी प्रवक्ता क्षेत्री बताउँछन् । 

गत साउन १० गते घरबाट साथीको घर गएकी निर्मला ११ गते मृत अवस्थामा उखुबारीमा फेला परेकी थिइन् । निर्मलाका आमाबुबा अहिले काठमाडौंमा छन् । उनीहरुले घटनाको निष्पक्ष छानबिनका लागि दबाब दिन राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, विपक्षी दलका नेतालगायतलाई भेट्ने योजना बनाएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २७, २०७५  ११:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC