site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि जुम्लासम्म सिधा हवाई यातायात सेवा बुधबारदेखि शुरु भएको छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले समिट एयरको ९ एन एकेजेट कलसाइनको जहाज चढेर सो सेवाको उद्घाटन गर्नुभएको हो । उनीसंगै उक्त जहाजबाट आज १८ जनाले पनि सुर्खेतबाट जुम्लाको यात्रा गरे ।  

साहित्य, कला, संस्कृति र भाषालगायत क्षेत्रमा प्रदेशकै लागि अत्यन्त महत्वपूर्ण मानिएको जुम्लाको राजधानी सुर्खेतसँग सहज पहुँच कायम गर्न सिधा हवाई सेवा शुरु गरिएको मन्त्री बुढाले बताए । “यो सेवाको शुभारम्भले नागरिकको सेवा र पहुँच मात्र बढ्ने छैन,” उनले भने  “यसले यहाँका पर्यटन प्रवद्र्धनमा समेत ठूलो सहयोग पु¥याउने छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

सुर्खेत–जुम्ला सिधा हवाई भाडा दर रु तीन हजार ९६५ कायम गरिएको समिट एयर सुर्खेतका प्रबन्धक चन्द्रङ्ग शाहीले जानकारी दिए । 

प्रबन्धक शाहीकाअनुसार हप्ताको दुई दिन मङ्गलबार र शुक्रबार सुर्खेत–जुम्ला सिधा हवाई सेवाका लागि उडान गरिनेछ । 

Global Ime bank

सुर्खेत–जुम्ला सिधा हवाई उडानका लागि भने गो कर्णाली टुर्स एण्ड ट्राभल्स प्रालिसँग सम्झौतमा भएको उनको भनाई छ । 

जुम्लाको ऐतिहासिक पर्यटकीय सिञ्जा उपत्यका, गुठिचौर र तातोपानी गाविसको हाँकुमा पर्ने गिडी दहको अध्ययन अवलोकन गर्ने बताउँदै मन्त्री बुढाले सिञ्जाको सांस्कृतिक सम्पदा, ओझेलमा परेको गिडी दह र गुठिचौरको पर्यटन प्रवद्र्धन तथा संरक्षणका लागि विनियोजित बजेट र योजनामा सहजता ल्याउनका लागि आफूले त्यसको अवलोकन गरिने जानकारी दिए ।  

मन्त्रालयले गुठिचौरको पर्यटन विकासका लागि रु एक करोड ५० लाख, सिञ्जा उपत्यकाको विकास गर्न रु एक करोड तथा गिडी दह पर्यटन सडक निर्माणका निम्ति रु ५५ लाख बजेट विनियोजन गरिएको जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०७५  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC