site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मलाका आमाबुवा भन्छन्–प्रधानमन्त्रीले नै झुट बोले, शंका बम दिदी बहिनीमाथि नै छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आमाबुवाले आफुहरुकी छोरीको हत्यामा बम दिदीबहिनीको हात रहेको हुन सक्ने आशंका गरेका छन् । काठमाडौंमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै बुवा यज्ञराज पन्त र आमा दुर्गा पन्तले बम दिदी बहिनीमाथि नै आशंका व्यक्त गरेका हुन् । 

‘‘प्रहरीले सुरुमा बम दिदी बहीनीमाथि अनुसन्धान नै गरेन,” बुवा यज्ञराजले भने, “निर्मला रोशनीकै घरमा गएकी हुन् । उनीहरुलाई सबै थाहा छ ।”

आमा दुर्गा भन्छिन्, “म १० गते साँझ नै बमको घरमा गएकी थिएँ । खोई छोरी भन्दा पोइल गएकी होली भन्दै बबिताले हप्काइन् । अर्को दिन बिहानी साइकल खोला किनारमा भेटिँदा लाश पनि त्यतै होला भनेर उनैले भन्नुको कारण के हो त ?”

Prabhu Bank
Agni Group
NIC Asia

आफुहरु न्यायको खोजीमा काठमाडौं आएको बताउँदै निर्मलाका बुवा यज्ञराजले प्रधानमन्त्री ओलीले मेयरको घरमा लाश राखिएको भनेर झुट बोलेको समेत बताए । 

“मेयरको आगनमा लाश कसैले राखेको छैन । प्रधानमन्त्री ओलीले नै झुट बोलेपछि न्याय पाउने आशा कम भएको छ । न्यायका लागि आवाज उठाइदिन आग्रह गर्छौं,” पत्रकार सम्मेलनमा आमाबुवाको एउटै धारणा थियो ।

Global Ime bank

उनीहरुले कञ्चनपुर प्रहरीका तत्कालीन एसपी डिल्लीराज विष्ट, सीआईबीका डीएसपीले पनि घटनाको अनुसन्धानमा लापरवाहि गरेको बताए । 

‘‘निर्दोष दिलिपलाई फसाउन सबै लागे, सरकार गम्भीर देखिँदैन,” बुवा यज्ञराजले भने । सरकारको ध्यानाकर्षण गर्न अधिकारकर्मीको टोलीसहित काठमाडौं आएको उनीहरुले बताए । 

उनीहरुको टोलीले राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, सभामुख, सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष, राष्ट्रिय महिला आयोगका अध्यक्ष, प्रहरी महानिरीक्षकलगायतलाई भेट्ने योजना बनाएका छन् । 

टोलीमा निर्मलाका आमाबुवासँगै अधिकारकर्मीहरु शारदा चन्द, माया नेगी, प्रेमवती राना, मीना भण्डारी, लक्ष्मी मल्ल, निर्मला भट्ट, जानकी  जोशी र रमा पन्त रहेका छन् । 

‘‘हामीले न्याय नपाइसकेपछि काठमाडौं आएका हौं, सबै पक्षको सहयोग चाहिएको छ,’’ अधिकारकर्मी चन्दले भनिन् । आफ्नै निजी खर्चमा काठमाडौं आएका उनीहरुले निर्मला हत्याकान्डको सत्यतथ्य जनतासामु ल्याइदिन सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । 
कहाँ लुके त हत्यारा ?

गत साउन १० गते घरबाट निस्किएकी निर्मला ११ गते मृत अवस्थामा भेटिएकी थिइन् ।  बलात्कारपछि उनको हत्या भएको पुष्टि भए पनि हत्यारा को हो, कसरी हत्या भयोलगायत विषयमा प्रहरी अनुसन्धान जारी छ । यसअघि नै प्रहरीले मानसिक रोगी भनिएका दिलिप विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको भए पनि विष्टको डीएनए नमिल्दा उनी बुधबार छुटिसकेका छन् । 

विष्टलाई पक्राउ गरेपछि अनुसन्धानमा आशंका गर्दै स्थानीयले चित्तबुझ्दो प्रहरी अनुसन्धानको माग गर्दै प्रर्दशन गरेका थिए । प्रदर्शनमा क्रममा प्रहरीको बल प्रयोग हुँदा गोली प्रहारबाट एकजनाको ज्यान जानुका साथै १२ जना घाइते भएका थिए ।  घाइतेमध्ये १८ वर्षीय अर्जुन भण्डारा अहिले पनि अचेत अवस्थामा त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । 

यसअघि पक्राउ परेका बम दिदी बहीनीमा रोशनी साधारण तारेख र बबिता बम ३० हजार धरौटीमा छुटेका छन् ।  विष्टको डीएनए नमिलेपछि र बम दिदीबहिनी नै छुटेपछि निर्मलाको हत्यारा को हो ? भन्ने अझै अन्योल कायमै छ । स्थानीयले निर्मला हत्यामा उच्च पहुँच भएका व्यक्तिको संलग्नता भएको आरोप लगाउँदै आएका छन् । प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको बताउँदै आएको छ । 
फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०७५  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC