site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अन्डा पहिला कि कुखुरा ? दुवै पहिला !
Ghorahi CementGhorahi Cement

काठमाडौं । सदियौँदेखि उठिरहेको प्रश्नमध्ये एक हो, दुनियाँमा अन्डा पहिला आयो कि कुखुरा ? यो प्रश्नले सर्वसाधारणमात्र होइन वैज्ञानिकहरुको पनि दिमाग रन्थनाइरहेको छ । तपाईं नै भन्नुहोस्– अन्डा पहिलो आयो कि कुखुरा ?
तपाईं जवाफ दिनुहोला, अन्डा पहिला आयो अनि त्यसबाटै कुखुरा बन्यो । त्यसो भए त्यो अन्डा दियोचाहिँ कसले त ? कुखुरा पैदा हुने एउटै माध्यम अन्डा हो । उसो भए पहिला कुखुरा आयो । यो जवाफ पनि काम लाग्दैन, किनकि कुखुरा आउन अन्डा नभई सम्भव छैन ।
अब तपाईं आफ्नो कपाल लुछ्न थाल्नु हुनेछ । दिमाग तात्न थाल्नेछ । तर पनि तपाईंलाई यसको जवाफ मिल्नेवाला छैन । अनुत्तरित छ यो प्रश्न सदियौँदेखि । तर पनि मान्छेहरु यो प्रश्न गरिरहेका छन् । 

यसबारे हालै अस्ट्रेलियाको क्विन्सल्यान्ड विश्वविद्यालयका प्राध्यापक तथा फ्रान्सको एनईईएल संस्थानले दाबी गरेका छन् कि, क्वान्टम फिजिक्सका अनुसार अन्डा र कुखुरा दुवै पहिला आएका हुन् । क्विन्सल्यान्ड विश्वविद्यालयको एआरसी सेन्टर अफ एक्सिलेन्स फर क्वान्टम इन्जिनियरिङ सिस्टमका भौतिक वैज्ञानिक ज्याकी रोमेरोले भनेका छन्, ‘क्वान्टम मेकानिक्सको अर्थ यो हो कि, यो कुनै पनि पहिले तय भएका नियमित क्रमको बिना नै हुन सक्छ ।’ उनी थप्छन्, ‘तपाईं आफ्नो दैनिक जाने र आउने कामको उदाहरण लिन सक्नुहुन्छ । तपाईं सधैँ केही परसम्म रेलमा वा बसमा यात्रा गर्नु हुन्छ । सामान्यतः तपाईं पहिला बस चढ्नु हुन्छ या रेल अथवा त्यसको ठीक उल्टो पनि गर्न सक्नु हुन्छ ।’

Agni Group

रोमेरोका अनुसार अनुसन्धानबाट पत्ता लागेको छ कि यी दुवैमध्ये पहिला कुनै पनि काम हुन सक्छ । यसलाई ‘अनिश्चितताका कारण उत्पन्न क्रम’ मानिन्छ । हामी यसलाई आफ्नो दैनिक जीवनमै पनि देखिरहेका हुँदैनौं । यसको प्रभाव हेर्नका निम्ति अनुसन्धानकर्ताहरुले प्रयोगशालमा ‘फोटोनिक क्वान्टम स्विच’ नामक एक विन्यास (कन्फिगरेसन)को उपयोग गरेका थिए । 

रोमेरो भन्छन्, ‘क्वान्टम स्विचमार्फत् हाम्रो शोधमा दुई घटनाहरुको क्रम जसमाथि निर्भर गर्छ, त्यसलाई कन्ट्रोल भनिन्छ । कम्प्युटरको बिट्सलाई उदाहरणका रुपमा लिँदा त्यसको भ्याल्यु (मान) ० या १ हुन्छ । हाम्रो शोधमा यदि कन्ट्रोल भ्याल्यु ० छ भने ‘बी’ भन्दा पहिला ‘ए’ हुन्छ । तर, कन्ट्रोल भ्याल्यु १ छ भने ‘ए’ भन्दा पहिला ‘बी’ आउँछ । 

Global Ime bank

क्वान्टम फिजिक्समा हामीसँग सुपरपोजिसन (एउटाभन्दा माथि अर्को चिजलाई राख्ने प्रक्रिया) मा बिट्स हुन सक्छ । यसको अर्थ, त्यसको भ्याल्यु एउटै समयमा ० र १ हुनु हो । यसकारण पनि एक निश्चित अर्थमा हामी भन्न सक्छौं, बिट्सको भ्याल्यु अपरिभाषित छ । रोमेरो भन्छन्, ‘कन्ट्रोलको अनिश्चित भ्याल्युका कारण जुन अर्डर (क्रम) तय गरिएको हुन्छ, हामी भन्न सक्छौं– ‘ए’ र ‘बी’ घटनाहरुको बीचको अपरिभाषित अर्डर हो ।’ 

सामान्यतया ‘बी’ भन्दा पहिला ‘ए’ हुन्छ कि ‘ए’ भन्दा पहिला ‘बी’ हुन्छ भन्ने कुरामा केवल एउटै सत्य हुन सक्छ । तर, क्वान्टम फिजिक्सले भन्ने वास्तविकता अलग छ । ‘यदि यी दुवै अभिव्यक्ति साँचो हुन सक्छ भने हामीले पाउने जुन नतिजा हो त्यसलाई हामी अपरिभाषित अस्थिर अर्डरका रुपमा बुझ्न सक्छौं,’ रोमेरो भन्छन् । 

अन्डा र कुखुरा पैदाबारे दिइने उत्तर केवल एउटा उपमा हो । लाखौं–करोडौं पटक दोहोरिइरहेको अन्डा पहिला कि कुखुरा भन्ने प्रश्नको उत्तर स्वरुप शोधले यही भन्छ– निश्चित रुपमा दुवै घटना पहिला नै भएको हो । अर्थात् दुवै एकै पटक । क्विन्सल्यान्ड विश्वविद्यालय र एनईईएल संस्थानको शोधलाई सोसाइटी अफ अमेरिकन फिजिक्स म्यागजिन फिजिकल रिभ्यु जर्नल– अमेरिकन फिजिकल सोसाइटीले प्रकाशित गरेको छ । 

बीबीसी न्युज हिन्दीमा आधारित । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०७५  ०६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC