site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निर्मला हत्या प्रकरणः अनुसन्धानले गति लिन सकेन, थप ५ प्रहरी निलम्बनमा 
Ghorahi CementGhorahi Cement

छोरीको हत्यारालाई कारवाहीको माग गर्दै काठमाडौं आइपुगेका निर्मला पन्तका बुवा यज्ञराज पन्त । शनिबार काठमाडौंमा हत्यारालाई कारवाहीको माग गर्दै भएको प्रदर्शनमा भावविह्वल अवस्थामा । तस्बिरः बाह्रखरी 


काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको विरोधमा देशभर प्रदर्शन भएको छ भने जिम्मेवारपूर्वक अनुसन्धान नगरेको भन्दै थप पाँचजना प्रहरी निलम्बनमा परेका छन् । गृह मन्त्रालयले यसअघि नै सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा रहेको समितिले बुझाएको प्रारम्भिक प्रतिवेदनका आधारमा पाँचजना प्रहरीलाई निलम्बन गरिएको जनाएको छ ।

Agni Group

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का डीएसपीसहित पाँच जना प्रहरीलाई निलम्बन गरिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जारी गरेको प्रेस विज्ञप्तीमा कञ्चनपुर भीमदत्त नगरपालिका २ की निर्मला पन्तको हत्या र त्यसपछिका विकसित घटनाहरुका सम्बन्धमा विस्तृत अध्ययन तथा छानबिन गरी प्रतिवेदन पेस गर्न बनेको समितिले प्रारम्भिक प्रतिवेदन पेस गरिसकेको जानकारी दिएका छन् । बालिका हत्यापछि गर्नुपर्ने अनुसन्धान कार्य जिम्मेवारीपूर्वक गर्न नसकेका केही सुरक्षाकर्मीसमेतलाई अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको हुँदा यअसअघि नै निलम्बन गरी छानबिन भइरहेका प्रहरी उपरीक्षक डिल्लीराज विष्टका अतिरिक्त सो कार्यमा खटिएका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी, प्रहरी नायव उपरीक्षक अंगुर जिसी, प्रहरी निरीक्षक जगदिशचन्द्र भट्ट, प्रहरी निरीक्षक ऐकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरी अनुसन्धान कार्य अघि बढाउन निर्देशन दिइएको विज्ञप्तीमा उल्लेख छ ।

Global Ime bank

यसैबीच प्रहरीले नै प्रमाण नष्ट गरेको पाइएपछि अनुसन्धानमा थप जटिलता उत्पन्न भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

घटनास्थलमा प्राप्त सबैजसो प्रमाण प्रहरीले नै नष्ट गरेको थियो । अनुसन्धानका क्रममा प्रहरीले घटना लुकाउने काम गरेको पुष्टि भएको भए पनि हत्यारा को हो ? भन्ने बारेमा अहिलेसम्म पत्ता लाग्न सकेको छैन । साउन १० गते साथीको घरमा गएकी निर्मला पन्त ११ गते नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् ।

प्रहरीले मुख्य अभियुक्त भनेका दिलिपसिंह विष्ट र अनुसन्धानको घेरामा रहेका बम दिदीबहिनी रिहा भएपछि अहिलेसम्मको अनुसन्धान शून्य अवस्थामा पुगेको छ । प्रहरी स्रोतका अनुसार निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको देखिए पनि हत्या कसले गर्यो भन्ने केहि पत्ता लाग्न सकेको छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०७५  ०७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC