site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निर्मला हत्या प्रकरणः जागिर धरापमा राखेर कसलाई बचाउन चाहन्थे निलम्बनमा परेका यी प्रहरी ?
Ghorahi CementGhorahi Cement

निलम्बनमा परेका प्रहरी अधिकृत बायाँबाट क्रमशः जगदिश भट्ट (इन्स्पेक्टर), एकेन्द्र खड्का (इन्स्पेक्टर), अंगुर जिसी (डीएसपी सीआईबी), ज्ञानबहादुर सेटी (डीएसपी) र डिल्लीराज विष्ट(एसपी) । 


काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा लापरवाही गरेको भन्दै थप पाँचजना प्रहरी निलम्बनमा परेका छन् ।  गृह मन्त्रालयले शनिबार सह–सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले दिएको प्रारम्भिक प्रतिवेदनको आधारमा उनीहरुले कर्तव्य निर्वाह गर्न नसकेको भन्दै निलम्बन गरिएको जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका डीएसपी अंगुर जिसी, कञ्चनपुर प्रहरीका तत्कालीन डीएसपी ज्ञानबहादुर सेटी, वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर जगदीश भट्ट, कञ्चनपुर प्रहरीका अनुसन्धान अधिकृत इन्स्पेक्टर एकेन्द्र खड्का र अस्थायी प्रहरी चौकी सालघारीका सई रामसिंह धामीलाई निलम्बन गरिएको हो ।

Agni Group

कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई यसअघि नै निलम्बन गरिसकिएको छ । गत साउन १० गते साथी रोशनी बमको घरमा गएकी निर्मला ११ गते बिहान उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन । बलात्कारपछि हत्या गरेको प्रहरी अनुसन्धानले पुष्टि गरेपछि हत्या र बलात्कारमा संलग्न को थिए अझै खुल्न सकेको छैन । यसअघि भदौ ४ गते कञ्चनपुर प्रहरी र सीआईबीका तत्कालीन डीएसपी अंगुर जिसीको टोलीले दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेपनि उनको संग्लनता पुष्टि हुन सकेन । 

निर्मलाको भेजिनल स्वाबबाट निकालिएको नमूना परीक्षण गर्दा शुक्रकिटको अवशेष भेटिएको थियो ।  त्यसैका आधारमा गरिएको डीएनए परीक्षण नमिलेपछि सिंहलाई रिहा गरिएको थियो । प्रहरीले नक्कली अभियुक्त बनाएर दिलिपलाई सार्वजनिक गरेपछि कञ्चनपुरमा आन्दोलन चर्किएको थियो । आन्दोलन दबाउन प्रहरीले गोली प्रहार गर्दा एक जनाको ज्यान गयो भने एक दर्जन बढी घाइते भए ।

Global Ime bank

तत्कालीन एसपी विष्टले निर्मलाका बुवा यज्ञराज पन्तलाई छोरीको शव नउठाए आफूले गोली चलाउने चेतावनी यसअघि नै दिएका थिए । प्रदर्शनकारीले दोषीलाई बचाउन निर्दोष दिलिपसिंह विष्टलाई पक्राउ गरिएको भन्दै आन्दोलन चर्काएपछि प्रहरीले गोली हानेको थियो ।
नेपाल प्रहरीको इतिहासकै कालो दागका रुपमा चिनिएको कञ्चनपुर हत्याकान्डको अनुसन्धानमा निलम्बनमा परेका प्रहरी अधिकृतको भूमिका के थियो त ? उनीहरु निलम्बनमा पर्नु पछाडिका कारण के–के थिए ? 

एसपी विष्टको भूमिका सुरुदेखि नै शंकास्पद

निर्मला हत्याकान्डमा एसपी विष्टको भूमिका भने सुरुदेखि नै शंकास्पद थियो । निर्मलाकी साथी रोशनीको घरमा खोजतलास नगर्नु, उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान नगर्नु, उल्टै निर्मलाका आमाबुवालाई शव नउठाए गोली हानिदिन्छु भन्ने धम्की दिनुले उनीमाथी नागरिकको विश्वास टुट्दै गएको थियो । 

एसपी विष्टले पीडित परिवारसँग गरेको पटक–पटकको व्यवहार प्रहरीको व्यवसायिकताभन्दा फरक रहेको एकजना पूर्वप्रहरी अधिकृत बताउँछन् ।

निर्मलाका आमाबुवाले निर्मला हत्याको बारेमा एसपी विष्टलाई सबै जानकारी भएको आरोप लगाउँदै आएका छन् । घटनाकै दिनमा प्रहरी परिचालन नगर्नु, त्यसपछि पनि बम दिदीबहिनीलाई पक्राउ गर्नुको साटो उनीहरु निर्दोष छन् भन्दै हिँड्नुले उनी घटनाप्रति जिम्मेवार नभएको बुझ्न सकिन्थ्यो । त्यसपछि पनि नक्कली अभियुक्त खडा गर्ने कार्यमा उनकै भूमिका रहेको स्थानीय बताउँछन् ।

सेटी र खड्काको भूमिका एसपीलाई सघाउने 

डीएसपी ज्ञानबहादुर सेटी तत्कालीन कञ्चनपुर प्रहरीका प्रवक्ता हुन् भने निर्मला हत्याकान्डको सबै अनुसन्धान उनकै नेतृत्वमा भइरहेको थियो । टोलीमा थिए इन्स्पेक्टर एकेन्द्र खड्का ।  खड्का कञ्चनपुर प्रहरीका मुद्दा फाँटका इञ्जार्ज पनि थिए । उनीहरु दुवै अनुसन्धानमा लागे तर सफल हुन सकेनन् । उनीहरुले गरेको अनुसन्धान नै शंकाको घेरामा पर्यो ।

दैनिक फिल्डमा खड्का र सेटीकै टोली हुन्थ्यो । तर पनि विवादित अनुसन्धान कसका लागि गरे भन्ने प्रश्न प्रहरीभित्रै उठेको छ । गृह मन्त्रालयले गठन गरेको समितिले पनि प्रहरीको कमजोरी औंल्याएको छ । डीएसपी सेटीले त्यसबेला पनि अनौपचारिक कुराकानीमा भन्ने गर्थे– नागरिकले जे गरेपनि विश्वास गर्दैनन् ।”

अनुसन्धानले अन्तिमसम्म पनि दिलिप नै मुख्य दोषी रहेको पाइएको जानकारी गराउँथे ।

इन्सपेक्टर भट्ट र सई धामीले पनि जिम्मेवार निर्वाह गरेनन् 

इन्स्पेक्टर जगदिश भट्ट वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख हुन् भने रामसिंह धामी अस्थायी प्रहरी चौकी सालघारीका प्रमुख । जुन दिन निर्मला साँझसम्म घर आइनन् (साउन १० गते ) । निर्मलाको परिवारले पहिले नै खबर गरेको थियो वडा प्रहरी र सालघारी प्रहरीमा । 

वडा प्रहरी कार्यालयले आज समय छैन भोलि आउनू भन्दै टारेको थियो भने सालघारी प्रहरी चौकीका इञ्चार्जले पनि बम परिवारको घरमा जोतलास गर्न नमानेको पीडित परिवार बताउँछन् । धामीले त्यो दिन बम परिवारको घरमा तलासी गरेको भए निर्मलाको बारेमा केही नयाँ तथ्य आउनसक्ने अनुमान कतिपय प्रहरीकै छ । 

साउन ११ गते निर्मलाको शव वडा प्रहरी कार्यालयका इन्स्पेक्टर जगदिश भट्टकै आफन्तको उखुबारीमा भेटिएको थियो । निर्मलाको शव भेटिएको स्थान वडा प्रहरीकै क्षेत्र हो । तर पनि प्रहरीले घटनालाई गम्भीर रुपमा लिन सकेन ।

नक्कली अभियुक्त बनाउने काम सीआईबीले गर्यो ?

साउन ११ गते निर्मलाको शव फेला परेपछि घटनाको अनुसन्धान सीआईबीबाट हुनुपर्छ भन्ने आवाज जनस्तरबाट उठ्यो । व्यापक जनदबाब बढेपछि प्रहरी हेडक्वार्टरले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी अंगुर जिसीको नेतृत्वमा ३ सदस्यीय टोली कञ्चनपुर पठायो । ६ दिनपछि कञ्चनपुर पुगेको टोली झन्डै १ महिना अनुसन्धानमा खटियो । तर विश्वासिलो मानिएको सीआईबीकै टोलीले गरेको अनुसन्धान इतिहासकै विवादित बन्न पुग्यो । त्यहि कारणले जिसी नै निलम्बनमा परे ।

मुख्य अभियुक्तका रुपमा दिलिपलाई सार्वजनिक गर्ने कार्यमा जिसीको ठूलो हात रहेको पीडित परिवारको आरोप छ ।  नक्कली अभियुक्त बनाएर सार्वजनिक गर्दा सीआईबीको टोलीले ठुलो सफलता हासिल गरेको दाबी त्यसबेला नै गरिएको थियो । किन उक्त टोलीले पनि यस घटनालाई मोड्न खोज्यो भन्ने रहस्यको विषय बनेको छ ।

सीआईबीको टोली दैनिक कञ्चनपुर प्रहरीसँगै रहने भएकाले पनि छुट्टै अनुसन्धान गर्न नसकेको कतिपय जानकारहरु बताउँछन् । उच्च स्रोतका अनुसार दिलिपलाई ५ लाख रुपैयाँ लिएर हत्या जिम्मा लिन उक्त टोलीले नै प्रस्ताव गरेको थियो ।
तर प्रहरीको यातनापछि दिलिपले आफू निर्दोष रहेको बयान दिँदै आएका थिए ।

पछि डीएनए परीक्षणका क्रममा पनि उनी निर्दोष फेला परेपछि साधारण तारेखमा रिहा गरिएको हो । तर डीएनए रिपोर्ट नआउँदासम्म विष्ट नै मुख्य अभियुक्त भएको बताइँदै आएको थियो । गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्म यहि जानकारी गराइएको थियो ।

प्रहरीको गतिविधिबारे के भन्छन् पूर्वप्रहरी अधिकृत ?

नेपाल प्रहरीका पूर्वएआईजी नवराज ढकालका अनुसार प्रहरीका पछिल्ला कतिपय अनुसन्धान निकै विवादको घेरामा तानिएका छन् । यो सकारात्मक कुरा होइन । “प्रहरीले लामो समय लगाएर भएपनि रानीबारी हत्याकान्डजस्ता अनुसन्धान सफल पारेको छ तर अहिले अविश्वास र आशंकाको घेरामा छ,” ढकालले भने ।

कञ्चनपुर घटनामा प्रहरी चुकेको कुरा बाहिर आएको प्रसंगमा उनले दबाब र प्रभावबाट मुक्त पार्न सके प्रहरीले निर्मला हत्याकान्डको सफल अनुसन्धान गरिछाड्ने दाबी गरे ।  उनले प्रहरी विवादमा फस्न नहुने तर्क गर्दै भने, “पछिल्ला क्रियाकलापले प्रहरी विवादमा फसेको देखिन्छ । प्रहरीले आन्तरिक समीक्षा गर्दै चुनौतीको सामना गरेर नागरिकको विश्वास जित्नैपर्छ ।”

लामो समयदेखि प्रहरीलाई राजनीतिक नेतृत्वले आफुअनुकूल चलाएर दबाब र प्रभावमा राख्दा समस्या बढ्दै गएको पूर्वएआईजी ढकालको अनुभव छ ।  पछिल्लो समय सूचना प्रविधिको प्रयोगले पनि घटनालाई एकैचोटी व्यापक क्षेत्रमा फैलाएको र तत्काल नतिजा माग्ने दबाबका कारण पनि अनुसन्धान फितलो हुन सक्ने उनको बुझाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०७५  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC