साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘चङ्गा चेट’ को नयाँ गीत रिलिज भएको छ । ‘ढल्की ढल्की नाचन...’ बोलको गीत सोमबार रिलिज गरिएको हो ।
सार्वजनिक गीतमा अलमोडा राना उप्रेतीको स्वर रहेको छ । शब्द तथा संगीत मिस्टर आरजेको छ । सार्वजनिक गीतको भिडियोमा चलचित्रका अधिकांश मुख्य कलाकार फिचर्ड छन् ।
प्रियंका कार्की, आयुषमान देशराज जोशी, सुरक्षा पन्त, रविन्द्र झा, सन्दिप श्रेत्री, प्रमिता राज्यलक्ष्मी राणा लगायतका कलाकार भिडियोमा देखिएका छन् ।
कात्तिक १६ गते रिलिज डेट लिएको चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । ‘चङ्गा चेट’का निर्माता माधव वाग्ले हुन् ।
प्रकाशित मिति: सोमबार, असोज १, २०७५ १८:२८
प्रतिक्रिया दिनुहोस्