site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभाले पारमाणविक विज्ञान तथा प्रविधिसम्बन्धी अनुसन्धान, विकास र तालीमका लागि सम्पन्न क्षेत्रीय सहयोग सम्झौता, २०१७ लाई स्वीकृत गरेको छ । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा ‘शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘पारमाणविक विज्ञान तथा प्रविधिसम्बन्धी अनुसन्धान, विकास र तालीमका लागि सम्पन्न क्षेत्रीय सहयोग सम्झौता, २०१७ माथि छलफल गरियोस्’ भनी यसअघि राखेको प्रस्तावलाई सभाले सहमति जनाएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले सम्झौता सर्सर्ती हेर्दा मुलुकको पक्षमा नरहेको भए पनि अनुमोदन नै गर्ने भए थप छलफलको आवश्यकता रहेको बताए ।  

सांसद नवराज सिलवाल र सञ्जयकुमार गौतमले शान्तिपूर्ण पारमाणिक विज्ञानको विषय भएकाले विज्ञान र प्रविधि क्षेत्रमा विकासका अनुभव आदानप्रदान गर्न तथा स्वास्थ्य, पानी, वातावरण र कृषिको प्रवद्र्धन गर्ने सन्दर्भमा सकारात्मक लाभ लिन सकिन्छ भने । 

Global Ime bank

उक्त सहयोग सम्झौतामाथि भएको छफलमा भाग लिँदै सांसद शेरबहादुर तामाङले स्वास्थ्य क्षेत्रमा रेडियोलोजीको प्रयोगबाहेक अरू क्षेत्रमा लाभ लिने ठाउँ नरहेको पक्षलाई हेक्का राख्न सुझाव दिए ।  

मन्त्री पोखरेलले सांसदले उठाएको प्रश्नको जवाफ दिँदै जोखिम र नकारात्मक पक्षलाई रोक्न र बुझ्न पनि यसमा सामेल हुन सम्झौतालाई समर्थन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने, “समृद्ध राष्ट्र र सुखी नेपालको अभियानलाई साकार तुल्याउन संसारमा विकसित भएका विज्ञान र प्रविधिलाई हामीले आत्मसात् गर्नैपर्छ, त्यसका लागि साझेदारीमा सामेल हुनुपर्दछ ।” अरूको स्वार्थभन्दा आफ्नो हितलाई ध्यानमा राखेर सकारात्मक पक्षलाई मात्र ग्रहण गर्नेतर्फ सोच्नुपर्छ भन्दै अनुमोदन गर्न आग्रह गरे ।  

प्रतिनिधिसभाको अर्को बैठक असोज ४ गते बिहीबार बिहान ११ बजे बस्नेछ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०७५  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC