site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
एसप्रिनको नियमित सेवन स्वास्थ्यका लागि प्रतिकूल
Sarbottam CementSarbottam Cement

बीबीसी । अमेरिका र अष्ट्रेलियामा गरिएको एक अध्ययनले नियमित रुपमा एसप्रिन नामक औषधीको सेवन वृद्धवृद्धाका लागि स्वास्थ्य अनुकुल नहुने देखाएको छ । अधिकांश चिकित्सकहरुले हृदयघातपछि बिरामीलाई एसप्रिन नामक औषधी सेवनको सल्लाह दिन्छन् । जसले रगतलाई पातलो बनाएर अर्को पटक हृदयघात हुनबाट जोगाउदछ । 

हृदयघात पछि एसप्रिन नामक औषधीको सेवनबाट बिरामीलाई लाभ पुग्ने गरेको चिकित्सा शिक्षाले प्रमाणितसमेत गरिसकेको छ । तर ७० वर्ष पार गरेका वृद्धवृद्धाहरुका लागि भने यो स्वास्थय अनुकुल हुँदैन ।  अध्ययनका क्रममा वृद्धवृद्धाहरुलाई समावेश गरिएको थियो । जसमा अमेरिका र अस्ट्रेलियाका १९ हजार ११४ जना थिए । अध्ययनका क्रममा समावेश गरिएका वृद्धवृद्धाहरुलाई एक पटक पनि हृदयघात भएको थिएन । 

Prabhu Bank
Agni Group
NIC Asia

जसमध्ये आधालाई पाँच वर्षसम्म नियमित रुपमा एसप्रिन सेवन गर्न दिइएको थियो । न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित तीन वटा प्रतिवेदनले एसप्रिन खान दिइएपनि उनीहरुमा न त हृदयघात हुने सम्भालवना नै कम भयो न त अन्य कुनै फाइदा । अपेक्षा गरिएको विपरित उनीहरुको पेटमा रक्तस्राव हुन सुरु भयो । 

अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर पीटर राथवेलले ७० वर्षसम्म हृदयघात नभएका मानिसलाई एसप्रिनको नियमित सेवनले धेरै कम मात्रामा फाइदा पुग्ने बताएका छन् । उक्त अध्ययन हृदयघातका विरामीको हकमा भने लागु नहुने र उनीहरुले चिकित्सकको सल्लाह अनुसार नै औषधी सेवन गर्नुपर्ने अध्ययनमा उल्लेख छ ।
बीबीसीबाट 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०७५  ०५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC