काठमाडौं । संयुक्त राष्ट्रसंघले म्यान्मारको सेनालाई देशको राजनीतिबाट अलग्गै गरिनुपर्ने बताएको छ । राष्ट्रसंघीय अनुसनधानकर्ताहरुले मंगलबार म्यान्मारको सेनालाई देशको राजनीतिबाट बाहिर गरिनुपर्ने बताएका हुन् । अनुसन्धानकर्ता टिमले आफ्नो अन्तिम अनुसन्धान प्रतिवेदन जारी गर्दै रोहिंग्या मुसलमान समुदायको नरसंहार घटनामा सेनाका शीर्ष जनरलहरु विरुद्ध मुद्दा चलाइनु पर्ने अपिल दोहोर्याएको छ ।
राष्ट्रसंघको ४४४ पेजको अनुसन्धान प्रतिवेदनमा म्यान्मारको सेनाको शीर्ष नेतृत्वलाई पदबाट हटाउन र देशको राजनीति तथा शासन व्यवस्थामा सेनाको प्रभाव समाप्त गर्न माग गरिएको छ । बौद्ध बहुसंख्यक म्यान्मारमा सेनाको प्रभुत्व रहेको छ । म्यान्मारको संसदमा सेनको एक चौथाई सिटमा कब्जा रहनुका साथै तीन वटा मन्त्रालय सेनाको नियन्त्रणमा छन् ।
संयुक्त राष्ट्रसंघको उक्त प्रतिवेदन १८ महिनाको अवधिमा ८५० भन्दा बढी साक्षात्कारहरुको आधारमा तयार पारिएको नवभारत टाइम्सले जनाएको छ ।