site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कृषिमन्त्रीका ६ महिनाः ११ शीर्षकमा ९७ प्रगति !
Sarbottam CementSarbottam Cement

काठमाडौं । कृषि तथा पशूपंक्षी विकास मन्त्री चक्रपाणी खनालले आफूले मन्त्रालय सम्हालेपछिका ६ महिनाको प्रगतिविवरण सार्वजनिक गरेका छन् । ‘६ महिनाको उपलब्धी’ नामक पुस्तकमा ११ शीर्षकमा ९७ कार्य गरेको मन्त्रीले उल्लेख गरेका छन् ।

मन्त्री खनालले चैत २ गते कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीकोे पदभार ग्रहण गरेयता वैशाख २३ गते कृषि, पशुपन्छी, भूमि तथा सहकारी क्षेत्र विकासको रुपान्तरणसहित ५८ बुँदे रुपान्तरणको मार्गचित्र सार्वजनिक गरेका थिए । सोही मार्गनिर्देशक सिद्धान्त अनुरुप मन्त्रालयले काम गरिरहेको तथा आगामी दिनमा दृढतापूर्वक कार्यान्वयन प्रक्रियालाई अगाडि बढाइने बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्री भएको ६ महिना पूरा भएको अवधिमा कृषि, पशुपन्छी विकास तथा भूमि व्यवस्था र सहकारी क्षेत्रको विकासमा दूरगामी र महत्वपूर्ण कार्यहरु शुरुवात भएको उनको दाबी छ । 

कृषि तथा पशुपन्छी विकासतर्फ भएका मुख्य उपलव्धीहरुमा कानुन तथा कार्यविधि तर्जूमा, उत्पादन तथा बजार प्रवर्द्धन, अनुसन्धान, विकास र प्रसार, खाद्य स्वच्छता तथा जनजीविकाका सवाल, पशुनश्ल सुधार, डेरी तथा चरण विकास, कृषि सामग्री आपूर्ति, यान्त्रिकिकरण प्रवर्द्धन, पशुपन्छी स्वास्थ्य प्रवर्द्धन तथा नियमन, कृषि पर्यटन तथा रोजगार प्रवर्द्धन, अन्तर्राष्ट्रिय साझेदारी विकास तथा भूमि व्यवस्था तथा सहकारी क्षेत्र तर्पm उल्लेख्य कार्य भएको दाबी गरेका छन् ।

Global Ime bank

मन्त्री खनालका अनुसार यस अवधिमा खाद्य स्वच्छता नीति, अलैंची नीति, खाद्य तथा खाद्य सम्प्रभुता ऐन, जीवनाशक विषादी व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४, कृषि जैविक विविधता संरक्षण तथा सदुपयोग सम्वन्धी कानुन, कृषि व्यवसाय प्रवर्द्धन विधेयक २०७५, भेटरीनरी ऐन, संक्रामक रोग नियन्त्रण ऐन लगायतका कानुन निर्माण तथा संशोधन भएका छन् भने केहि तर्जुमा हुने क्रममा छन् ।

मन्त्रीको ६ महिने उपलब्धिमा कालीमाटीको सिन्डिकेट तथा विचौलियाको प्रभाव हटाउनेदेखि मुलुकभर उपभोग्य खाद्यान्नको स्वच्छता र गुणस्तर कायम गरी उपभोक्तालाई निर्वाध रूपमा उपभोग गर्न पाउने अवस्था कायम गर्न एकवर्षे “खाद्य स्वच्छता तथा गुणस्तर अभियान“ कार्यक्रमको घोषणा तयारी गरिएकोे समेत रहेको छ ।

त्यसैगरी, ईजरायल सरकारसँग ईजरायली कृषि क्षेत्रको हाईटेक प्रविधिमार्फत नेपालका ७ वटै प्रदेशमा सेन्टर फर एक्सिलेन्सको रूपमा आधुनिक नमूना फार्म स्थापनाको लागि परियोजना अवधारणा पत्र तयार भएको तथा नेपालको धान बालीको उत्पादन र उत्पादकत्व वृद्धिमा सघाउ हुने गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालय र अन्तर्राष्ट्रिय धान अनुसन्धान प्रतिष्ठानबीच ७ विषयगत क्षेत्र र १६ सम्भावित मुख्य परियोजनामा संयुक्त कार्यगर्ने उद्देश्यका साथ ५ बर्षे कार्ययोजना (२०१८–२०२३) सम्झौता भएको बताइएको छ ।

गुनासो सुन्न हटलाइन सुरु
यसैबीच मन्त्रालयबाट सम्पादित कार्यको गुनासो तथा किसानका समस्याहरू सिधै मन्त्रीले सुन्न र समाधान गर्ने अभिप्रायका साथ मन्त्रालयमा गुनासो व्यबस्थापन कक्ष सुचारु गरिएकोे छ । जसमा सबै नागरिकले पैसा नलाग्ने टोल फ्रि नं. ११६० मा फोन गरी समस्या राख्न सक्ने र ट्वीटर, फेसबुक, भाइवर तथा इमेल मार्फत समेत गुनासाहरू टिपाउन सक्ने संयन्त्र निर्माण गरिएकोे छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २, २०७५  १९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC