अर्थ व्यवसाय
काठमाडौँ । असोज १३ गतेबाट सुरु हुने सहिद स्मारक ए डिभिजन लिगको मुख्य प्रायोजन पल्सर मोटर साइकलले गर्ने भएको छ । एक कार्यक्रमकाबीच एचएच बजाज र रामसार मिडियाबीच आगामी ३ वर्षका लागि प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ । एचएच बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छा र अखिल नेपाल फुटवल संघबाट बजार व्यवस्थापनको जिम्मेवारी पाएको रामसार मिडियाका प्रबन्ध निर्देशक राज हुमागाईबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
प्रकाशित मिति: मंगलबार, असोज २, २०७५ १९:१३
प्रतिक्रिया दिनुहोस्