site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दाहालको नोबेल पुरस्कार रहर

बर्माकी प्रजातन्त्रवादी नेतृ आन साङ सुुकी रोहिंग्या मुसलमानको मानवअधिकार हननबारे मौन रहिन् । तिनको वेदना र पीडाले सायद सुकीलाई छोएन । त्यो देखेपछि विश्वभर उनको विरोध भयो । उनले पाएको नोबेल शान्ति पुरस्कार विवादमा आयो । सो पुरस्कारको हकदार उनी रहिनछिन् भन्ने आवाज उठ्यो । 

यसैगरी भियतनाम युद्धको शान्तिपूर्ण समाधानमा निर्वाह गरेको भूमिकाका लागि सन् १९७३ मा हेनरी किसिन्जरलाई उक्त सम्मान प्रदान गरिएको थियो । उक्त पुरस्कार ग्रहण गर्दा उनी संयुक्त राज्य अमेरिकाको विदेशमन्त्री थिए । तर, त्यही बेला उनैले दिएको सल्लाहका कारण कम्बोडियामा भने नरसंहार मच्चिरहेको थियो । अमेरिकाले कम्बोडियाका निर्दोष बस्तीमा बम खसालिरहेको थियो । 

सन् १९९४ मा साइमन पेरेजले पाएको नोबेल शान्ति पुरस्कार पनि विवादमा पर्यो । पुरस्कार पाउनुअघि लामो समयदेखि इजरायलमा आणविक भण्डार खडा गर्न भूमिका निर्वाह गरेका कारण उनी विवादमा परेका थिए । आणविक अस्त्रका पक्षपातीलाई नोबेल शान्ति पुरस्कार दिइनु आफैँमा विडम्बनापूर्ण थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

‘नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नोबेल शान्ति पुरस्कार किन पाएनन् ?’ भन्ने प्रश्नको उत्तर माथिका प्रसंगबाटै खोज्नुपर्ने हुन्छ । युद्धसँग जोडिएका पात्रहरुलाई दिइएका एकाध पुरस्कार विवादमा आएपछि सम्भवतः नोबेल निर्णायकहरू सजग भएका हुन सक्छन् । पुरस्कार दिने निर्णायकले पक्कै एउटा प्रश्नमा चिन्तन गरेका हुन सक्छन् – पुरस्कार अशान्ति मच्चाउने मुख्य तत्त्वलाई दिने कि उसलाई फकाएर शान्तिपूर्ण मूलधारमा ल्याउने पक्षलाई दिने ? 

जे होस्, दाहालका केही घिडकिसो (पूरा नभएको उत्कट चाहना) छन् । तीमध्ये हुन् – कार्यकारी अधिकारसहितको प्रत्यक्ष निर्वाचित राष्ट्रपति बन्ने र अर्को नोबेल शान्ति पुरस्कार पाउने । नेकपाको अध्यक्ष भइसकेकाले अहिलेको दुई तिहाइ बहुमतको सरकारले संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपतिको प्रावधान समावेश गरेछ भने त्यसका एकमात्र हकदार अब दाहाल नै हुन सक्लान् । तर, नोबेल शान्ति पुरस्कार चाहिँ उनको मात्र चाहनाले सम्भव हुने कुरा भएन ।

Global Ime bank

दाहालमा त्यो पुरस्कार पाउने चाहना घनीभूत रुपमा रहेछ भन्ने कुरा उनले भारत भ्रमणका क्रममा ‘नेपाली भएकाले नोबेल शान्ति पुरस्कार नदिइएको’ गुनासो गरेबाट छर्लङ्गै हुन्छ । एउटा नेपाली नेताले नोबेल शान्ति पुरस्कार पाउनु सबै नेपालीका लागि गर्वकै कुरा हो तर प्रश्न उठछ – के दाहाल नोबेल शान्ति पुरस्कारका साँच्चै हकदार या दाबेदार हुन् त ? 

विश्व शान्तिका लागि विशेष योगदान दिने व्यक्तिलाई नर्वेजियन नोबेल समितिले प्रदान गर्ने नोबेल शान्ति पुरस्कार विष्फोटक पदार्थ डाइनामाइटका आविष्कारक एवं उद्योगपति अल्फ्रेड नोबेलले सन् १८९५ मा स्थापना गरेका थिए । युद्ध रोक्न, युद्धमा खटिएका सेना फर्काई शान्ति कायम गर्न, बृहत् शान्ति सम्मेलनको आयोजना गर्न सबैभन्दा उत्कृष्ट भूमिका निर्वाह गर्नेलाई हरेक वर्ष डिसेम्बर १० मा यो पुरस्कार दिने गरिएको छ । पहिलो नोबेल शान्ति पुरस्कार सन् १९०१ मा रेडक्रसका संस्थापक ज्याँ हेनरी ड्युना र फ्रेन्च पिस सोसाइटीका अध्यक्ष फ्रेडरिक प्यासीलाई संयुक्त रुपमा दिइएको थियो । 

नोबेल समितिले अघि सारेका मापदण्डमा दाहाल खरो उत्रन्छन् त? यसबारेमा बहस गरेर मात्र उनी सो पुरस्कारका हकदार हुन् वा हैनन् भन्ने निष्कर्षमा पुग्न सकिन्छ । दाहालले २०५२ सालदेखि आजसम्म निर्वाह गरेको भूमिकालाई आधार मान्दा उनी नोबेल पुरस्कारका लागि योग्य देखिँदैनन् । विसं २०५२ सालदेखि २०६२ सालसम्म उनकै नेतृत्वमा संचालित हिंसात्मक विद्रोहमा १७ हजारभन्दा बढी नेपालीको ज्यान गयो । ‘जनयुद्ध’का क्रममा के कस्ता क्रूर र अमानवीय कार्य दाहालको नेतृत्वमा हुन गयो भन्ने लामो फेहरिस्त छ । 

आजको मितिसम्म आइपुग्दा पनि दाहाल र उनका सहयोद्धा युद्ध अपराधीलाई जेलबाट रिहा गराउने र पीडितमाथि अन्याय गर्ने काममै लागेको देखिन्छ । केही महिनाअघि मात्र बालकृष्ण ढुंगेल ससम्मान रिहा गरिए । हालै फुजेल हत्याकाण्डका आरोपीले उन्मुक्ति पाए । दाहालको ‘ध्वंसात्मक’ र ‘अस्थिर’ भूमिका आजसम्म कायमै छ । स्थिर वाम सरकारको नारा दिएका दाहाल हालै भारत भ्रमण गरेर अहिले चीनतिर लागेका छन्  । दाहालको यो दौडाहाले ‘स्थिर सरकार’को जग नहल्लाउला भनेर भन्न सकिन्न  । ‘निरन्तरतामा क्रमभंग गर्नुपर्छ’ भन्ने मान्यता राख्ने एकैनासको परिस्थितिलाई हठात बदल्ने स्वभाव भएका दाहालले अहिलेको दौडाहाबाट ‘कम्युनिस्टको स्थिर सरकार’को भविष्यमाथि पनि विध्वंसात्मक प्रश्न चिन्ह खडा गरिसकेका छन् । दाहालको स्वभावसँग शान्ति र स्थिरताको कुनै तादात्म्य देखिँदैन  । 

नोबेल पुरस्कार भनेको शान्तिका दूतले, शान्तिका संवाहकले पाउने हो । नेपालमा दस वर्षसम्म जारी हिंसात्मक विद्रोह आफैँमा ‘जाली विद्रोह’ थियो भन्ने रहस्य बिस्तारै उजागर हुँदैछ । विसं २०५२ सालदेखि आजसम्मका नेपाली राजनीतिक घटनाक्रम ‘माइक्रो मेनेजमेन्ट’अन्तर्गत टेलिभिजनको ‘रियालिटी सो’मा झैं पहिले नै पटकथा लेखेर त्यसकै आधारमा गरिएको एउटा भद्दा अभिनय बाहेक केही हैन भन्ने स्पष्ट हुँदैछ  । भारतीय भूमिमा सैन्य तालिम लिएर दस वर्षसम्म विद्रोहका नाममा माओवादीले ताण्डव नृत्य देखाए । अन्ततः भारतीय भूमिमै १२ बुँदे समझदारी भएर त्यो हिंसात्मक विद्रोहलाई विश्राम दिइयो । त्यसका लागि दाहाल मोहरा बने, राजतन्त्र समाप्त भयो, गणतन्त्र आयो । 

स्पष्ट छ, नेपालको ‘महान बलिदानी क्रान्ति’ दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाको नेतृत्वमा भएजस्तो स्वःस्फुर्त र इमानदार क्रान्ति थिएन । निमित्त नायकहरुले शक्तिकेन्द्रहरुको इसारामा गरेको भद्दा प्रहसनबाहेक त्यो अर्को ‘चिज’ थिएन  । जुन क्रान्तिको विश्वसनीयता आफैमा शंकास्पद छ त्यसलाई विश्राम दिन भारत, चीन, कांग्रेस, एमाले, स्विडेन, नर्वेसम्मका फयाक्टरहरुले भूमिका निर्वाह गरेका छन् त्यसमा दाहाल एकजनाको मात्र महान् भूमिका कसरी देखिन्छ ? उनलाई नै नोबेल पुरस्कार किन दिने ? 

जनवादी राज्यसत्ता, जातीय राज्य, १४ वटा प्रदेश आदि अनेक नारा दिएर सुरु गरिएको संघर्षलाई सत्ता सुखका लागि समर्पण गरेका दाहालले के त्यसैलाई ‘शान्तिको लागि योगदान’ भनेका हुन् ? पहिला आफैँले हतियार उठाउने, हजारौंको प्राण लिने अनि आफैँ हतियार बिसाउने । जसले हतियार उठाएर अशान्ति मच्चायो, उसैले हतियार बिसाएकोमा ‘तिमीले हतियार बिसाएर विश्व शान्तिमा योगदान दिएर कल्याण ग¥यौ’ भनेर नोबेल समितिले दाहाललाई चाँदीको किस्तीमा राखेर नोबेल शान्ति पुरस्कार दिनुपर्ने? 

नेपालको हिंसात्मक बबन्डरको शान्तिपूर्ण अवतरणका लागि कसैको धेरथोर योगदान छ भने त्यो कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको छ । गिरिजाबाबुले न त हतियार उठाएका हुन् त उनी हिंसावादी नै हुन् । विचार र दर्शनका हिसाबले उनी शान्तिका पक्षपाती हुन् । गिरिजाबाबुले राजासँगको नाता तोडेर दिल्लीमा गई दाहालसँग हात नमिलाएको भए माओवादीहरुको ‘सेफ ल्यान्डिङ’ सम्भव थिएन । 

माओवादी अध्यक्ष दाहाल त्यो बेला निकै चेपुवामा परिसकेका थिए । सहयोद्धा डा. बाबुराम भट्टराईलाई कारबाही गरेर रुकुम रोल्पातिर कुनै गुप्त घरमा नजरबन्द राखिएको थियो । दाहाल चाँहि सकेसम्म राजा ज्ञानेन्द्रसँग सहकार्य गरेर दरबारियासँग मिल्ने ताकमा थिए ।

यस्तैमा ज्ञानेन्द्रले माघ १९ को घटना गराइदिए । राजा, भारत, पश्चिमा र पार्टीभित्रका बाबुरामहरूसँग एकसाथ लड्नुपर्ने अवस्था आयो जुन दाहालका लागि सम्भव थिएन । पछिल्ला आक्रमणहरूमा माओवादीले निकै ठूलो धक्का खानु परिरहेको थियो । यस्तो अवस्थामा माओवादीलाई सुरक्षित अवतरणको खाँचो थियो । भारतले आफ्नो हात माथि पारेर सबैलाई दिल्लीमा बोलायो र बाह्रबुँदे समझदारी गराइदियो । दिल्लीले गराइदिएको बाह्रबुँदे समझदारीपछि नै २०६२÷२०६३ सालको जनआन्दोलन, प्रतिनिधिसभा पुनस्र्थापना, अन्तरिम संविधान र अन्तरिम संसद्को गठन, विस्तृत शान्ति सम्झौता, गणतन्त्र घोषणा, संविधान सभामार्फत् संविधान निर्माण आदि प्रक्रिया हुँदै नेपालमा शान्ति बहाली भएको हो । यो सबै भारतले गराइदिएको बाह्रबुँदे समझदारीको प्रतिफल हो । दिल्लीले जुराइदिएको यो नियन्त्रित स्थिरता र शान्तिका लागि दाहाललाई किन पुरस्कृत गर्ने ? दिल्लीको इसारामा चल्नुबाहेक यसमा उनको ‘भाइटल रोल’ कहाँ छ त ? 

नोबेल शान्ति पुरस्कार निमित्त नायकलाई दिइँदैन । यो पुरस्कार त नेल्सन मण्डेलाजस्ता महानायकलाई अर्पिण गरिएको थियोे जसले एउटा कार्यकालपछि सत्ता र पार्टीको नेतृत्व दोस्रो पुस्तालाई सुम्पिए । सानो निर्णय गर्न पनि दिल्ली र बेइजीङ दौडनेलाई दिनु त नोबेल पुरस्कारकै उपहास हैन र ? 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०७५  ११:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC