साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रसाद’को पहिलो गीत सार्वजनिक भएको छ । अभिनेता विपिन कार्की, निश्चल बस्नेत र अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्रको ‘लै लै...’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतको लिरिकल भिडियो तयार पारिएको छ ।
केतन क्षेत्रीको स्वर रहेको गीतमा शब्द गणेश शाही रहेको छ । सङ्गीत सुवास भुसालले भरेका छन् । दिनेश राउतले निर्देशन गरेको चलचित्र ‘प्रसाद’ निसन्तान दाम्पत्यको कथामा आधारित छ ।
सञ्चारकर्मी सुशील पौडेलले कथा लेखेका हुन् । चलचित्र मंसिर २१ गते रिलिज हुनेछ ।
प्रकाशित मिति: बुधबार, असोज ३, २०७५ ११:१५
प्रतिक्रिया दिनुहोस्