site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यस्तो छ ‘दि भ्वाइस अफ नेपाल’ को फर्म्याट , यसरी चुनिन्छन् विजेता
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपालमा पहिलो पटक भित्रिएको सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ को अहिले ‘ब्लाइन्ड अडिसन’ चलिरहेको छ । करिब ५ हजार प्रतिस्पर्धीले ‘डिजिटल अडिसन’ दिएकामा त्यसबाट डेढ सयले ब्लाइन्ड अडिसनमा सहभागी हुने मौका पाउँदैछन् । 

‘ब्लाइन्ड अडिसन’ चलिरहेका बेला ‘कोच’ दीप श्रेष्ठ, अभया सुब्बा, सनुप पौडेल र प्रमोद खरेल तथा कार्यक्रम ‘होस्ट’ले सधंै एउटै ड्रेस लगाएको भनेर चर्चा भइरहेको छ । यद्यपि यो शोकै नियम भएको ‘दि भ्वाइस अफ नेपाल’ ले विज्ञप्ति निकालेरै स्पष्ट पारिसकेको छ । 

Agni Group

‘दि भ्वाइस अफ नेपाल’का अनुसार ब्लाइन्ड अडिसनपछि शुरु हुने ‘ब्याटल राउन्ड’मा पुगेपछि ‘कोच’ र ‘होस्ट’ को ड्रेसकोड चेन्ज हुनेछ । ‘ब्याटल राउन्ड’का ६ वटा श्रृंखलामा ‘कोच’ र ‘होस्ट’ ले ‘ड्रेस कोड’ चेन्ज गर्नेछन् । तर पहिलो दिन लगाएकै ड्रेस ब्याटल राउन्डका ६ वटा श्रृंखलामा लगाउनु पर्नेछ । 

ब्याटलपछि शुरु हुने ‘लाइभ राउन्ड’बाट भने ‘कोच’ र ‘होस्ट’ दुवैले प्रत्येक दिन फरक फरक ड्रेस लगाउन सक्छन् । 

Global Ime bank

‘ब्लाइन्ड अडिसन’बाट प्रत्येक चार टिममा १२–१२ जना गरी ४८ जना छनोट हुनेछन् । ४८ जनामा एउटै ग्रुपको एउटै गीतमा ‘वन भर्सेस वन’ प्रतिस्पर्धा हुनेछ । प्रत्येक समूहबाट १–१ जना बाहिरिँदा हरेक टिममा ६–६ जना प्रतिस्पर्धी रहनेछन् । यहाँसम्म आइपुग्दा ‘स्टेज’ र त्यसको ‘डेकोरेशन’ परिवर्तन हुनेछ । 

‘दि भ्वाइस अफ नेपाल’लाई एउटा नयाँ ‘फर्म्याट’ दिइएको छ, जसमा ‘वन भर्सेज वन’बाट आउट भएका प्रतिस्पर्धीमध्येबाट तीनवटा टिम (आउट गर्ने बाहेक)ले २–२ जनालाई फेरि अहिलेकै तरिकाबाट ‘बज’ गरेर आ–आफ्नो समूहमा ल्याउने छन् । यसका लागि ‘कोच’ले ‘ब्लाइन्ड अडिसन’ राउन्डकै जस्तै बज गर्नेले आ–आफ्नो समूहमा आउन लोभ्याउनेछन् । 

यसो गरेपछि बाँकी रहेका ६–६ जना प्रतिस्पर्धीको संख्या बढेर ८–८ जना हुनेछ । यो राउन्डलाई ‘दि भ्वाइस अफ नेपाल’ ले ‘स्टिल राउन्ड’ नाम दिनेछ । यी ३२ प्रतिस्पर्धी सहभागीबीच ‘लाइभ राउन्ड’ शुरु हुन्छ । यो ‘राउन्ड’बाट दर्शकको ‘भोटिङ’ सुरु हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०७५  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC