site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जापानका यी अर्बपति २०२३ को चन्द्रमा भ्रमणमा पहिलो यात्री बन्दै
Ghorahi CementGhorahi Cement

एजेन्सी । अमेरिकी निजी संस्था ‘स्पेसएक्स’ का प्रमुख कार्यकारी अधिकृत एलन मस्कले सोमबार चन्द्रमा भ्रमणको पहिलो निजी यात्रीमा जापानका अर्बपति गुसाकु मेइजावाको नाम सार्वजनिक गरेका छन् । आगामी २०२३ का लागि तय गरिएको पहिलो चन्द्रमा भ्रमणमा मेइजावासहित १२ जनाको टोली सहभागी हुने बताइएको छ । 

जापानको सबैभन्दा ठूलो अनलाइन कपडा कम्पनी जोजोका संस्थापक ४२ वर्षीय मेइजावा आफ्नो देशका सर्वाधिक धनी व्यक्तिमा पर्दछन् । उनीसँग कूल २.९ अर्ब डलर बराबरको सम्पति रहेको फोब्र्सको भनाइ छ । उनी समयसमयमा विभिन्न महङ्गा कला प्रदर्शनीमा बोली लगाएका कारण चर्चामा आउने गरेका छन् ।

Agni Group

त्यसैले पनि यो कार्यक्रममा आफू एक्लै यात्रा गर्न नचाहेको भन्दै उनले आर्टिटेक, डिजाइनर, कलाकार लगायतका आठ रचनात्मक व्यक्तिहरुलाई पनि सहभागी गराउने बताएका हुन् । सो यात्राले सबै कलाकारलाई नयाँ रचनाका लागि प्रेरणा दिने हुँदा नजिकबाट चन्द्रमा हेरेको अनुभवलाई उनीहरुले कसरी कलामा उतार्नेछन् भन्नेबारे आफू निकै उत्साहित रहेको उनले बताएका हुन् । तरपनि यस अनिश्चित यात्राका लागि भारी रकम तिर्न तयार भएकाबारे मेइजावाले भनेका छन्, ‘अबको दश वर्षमा मानिसहरुले मैले यति धेरै खर्च गरेर किन चन्द्रमाको यात्रा गरेँ भन्दै हाँसेर मेरो मजाक बनाउनेछन् होला तर एकजानाले त पहिलो लगानीको जोखिम उठाउनैपर्छ । यति नगरे अन्तरिक्ष क्षेत्रमा क्रान्ति सम्भव छैन ।’ 

एक हप्ता लामो यस ऐतिहासिक यात्राका लागि मेइजावाको खर्चबारे स्पेसएक्सका प्रमुख मस्कले पनि चर्चा गरेका छन् । यो अत्यन्तै खतरनाक मिसन हुने भएपनि मेजावा निकै बहादुर भएको उनले उल्लेख गरेका हुन् । तरपनि मेइजावाले पाँच वर्ष अघिदेखि नै चन्द्रमासम्मको यात्रा गर्ने निर्णय लिइसकेकाले रुस स्थित स्पेस अड्भेन्चर लगायतका कम्पनीसँग सम्पर्क गरेका थिए । तर यसअघि स्पेस एक्सले २०१८ मै यो ऐतिहासिक यात्रा निश्चित गरेपछि उनले मस्कलाई सम्पर्क गरेका थिए । तर मस्कले भने यात्रुको सुरक्षा र मिसनको सफलतालाई मध्य नजर राख्दै यो कार्यक्रमलाई २०२३ सम्मका लागि स्थागित गरेका हुन् । यो मिसन युएस अपोलो मिसन १९७२ पछिको पहिलो चन्द्रमा यात्रा हुने बताइएको छ । तर यसमा रकेटलाई चन्द्रमामा वरिपरि मात्र घुमाउने तर अवतरण भने गराउने तय गरिएको छ । 

Global Ime bank

यसका लागि अहिलेको सबैभन्दा शक्तिशाली ‘बीग फ्याल्कन रकेट’ प्रयोग गरिने बताइएको छ । पुनः प्रयोग गर्न सकिने यो नयाँ युगको रकेटलाई यसअघि मंगल ग्रह सम्म पुग्ने मिसनमा पनि प्रयोग गरिने बताइएको थियो जसको निर्माणकार्य अझै जारी रहेको बताइएको छ । ११८ मिटरको यस रकेटसँग १०० जना यात्रु बोक्न सक्ने क्षमता छ तर २०२३ को चन्द्रमा यात्रामा भने १२ यात्रुलाई मात्र समावेश गराइने बताइएको छ ।

त्यसअघि रकेटको धेरैपटक परीक्षण हुने र यात्रुबिना नै चन्द्रमासम्म पुर्याएर फर्काइने योजना पनि रहेको मस्कले बताएका हुन् । वास्तवमा सन् २००१ देखि नै नीजी अन्तरिक्ष भ्रमणको ट्रेन्ड सुरु भएको बताइन्छ । त्यसबेला क्यालिफोर्नियाका व्यवसायी डेनिस टिटोले रुसी रकेटमार्फत अन्तरिक्षसम्मको यात्रा गर्न भारी रकम तिरेका थिए । यस्तो यात्रा सम्बन्धि पहिलो व्यवसाय भर्जिनियास्थित ‘स्पेस अड्भेन्चर’ कम्पनीले सुरु गरेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०७५  ०६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC