site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
यतीले ल्यायो ७२ सिटे तेस्रो एटिआर 
Sarbottam CementSarbottam Cement

काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी यती एयरलाइन्सले ७२ सिट क्षमतायुक्त अर्को ‘एटिआर७२–५००’ सिरिजको जहाज काठमाडौं ल्याएको छ । फ्रान्सेली जहाज निर्माता कम्पनी एटिआरमा निर्मित ७२ सिटे यस्तो जहाज यतीसँग अब तीनथान भएका छन् ।

हाल यतीले बेलायतमा निर्मित ३० सिट क्षमतायुक्त ‘जेटस्ट्रिम–४१’ सिरिजका पाँचथान जहाज सञ्चालन गरिरहेको छ । यतीका क्याप्टेन प्रमोद पौडेल, रमोदकुँवर श्रेष्ठ र सुरेन्द्र कुँवरको टोलीले जहाज मंगलबार काठमाडौं ल्याएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले यतीको यो जहाजलाई ‘९एन–एएलएन’ दर्ता नम्बर दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नयाँ एटिआर जहाज हाल नेपालमा भएका एटिआरमध्ये सबैभन्दा कम उमेरको भएको यतीले दाबी गरेको छ । नयाँ जहाजबाट भद्रपुर र पोखरा उडान थप गर्ने कम्पनीले जनाएको छ । यसबाट २० लाख पर्यटक ल्याउने सरकारको अभियान ‘नेपाल भ्रमण वर्ष २०२०’ मा उल्लेख्य सहयोग पुग्ने यतीले जनाएको छ । 

हाल यतीले ५ थान जेटस्ट्रिम–४१ जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट माउन्टेन फ्लाइट, पोखरा, नेपालगन्ज, भैरहवा, भद्रपुर, जनकपुर, विराटनगर, भरतपुर र तुम्लिङटार गन्तव्यका लागि दैनिक २५ देखि ३० उडान गर्दै आएको छ । कम्पनीले ती सबै सेक्टरका उडानमा अपांगता भएकालाई ५० प्रतिशत, ज्येष्ठ नागरिकलाई २५, बालबालिकालाई ३३.३३ र शिशुलाई ९० प्रतिशत छुट दिँदै आएको छ ।  

Global Ime bank

पछिल्लो तथ्यांकअनुसार सन् २०१६ मा यतीले ४ लाखभन्दा बढी यात्रुलाई विभिन्न गन्तव्य पु¥याएको थियो । हाल आन्तरिक उड्डयन बजारमा यतीको हिस्सा ३५ देखि ४० प्रतिशत रहेको कम्पनीको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०७५  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC