site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
सूचना जारी गर्दागर्दै पिउँछन् मलेशियामा नेपालीले मदिरा ? मृत्युको मुख्य कारण अत्यधिक मदिरा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । वैदेशिक रोजगारका आकर्षक गन्तव्य मानिएका खाडी राष्ट्र र मलेसियाले दशैंको मुखमा विशेष सूचना निकाल्छन् । विशेष सूचनामा लेखिएको हुन्छ– अत्यधिक मदिरा सेवन नगर्नू, सेवन गर्नै परेपनि गुणस्तरीय गर्नू । ठूला चाडबाड खासगरी दशैं, तिहार र छठको मुखमा मदिरा सेवन बढ्दा वैदेशिक रोजगारमा गएका नेपालीको मृत्यु र बिरामी हुनेको संख्या ह्वात्तै बढ्ने गरेको पाइएको छ ।

“खासगरी ठूला चाडबाडको मुखमा नेपालीहरुले अध्यधिक मदिरा सेवन गर्दा यो समयमा दुःखद घटनाहरु बढ्ने गरेको छ,” मलेशियाका लागि कार्यवहाक नेपाली राजदूत कुमार खरेलले बाह्रखरीसँग भने, “अत्यधिक मदिरा सेवनका कारण विशेषगरी दशैं, तिहार र छठ जस्ता चाडबाडको मुखमा मृत्यु, घाइते र बिरामी हुने नेपालीको संख्या धेरै हुन्छ ।”

मलेशियाको सेलांगोर राज्यका पाँच जिल्लामा सोमबार विषाक्त मदिरा सेवन गर्दा ६ जना नेपालीको मृत्यु र १९ जना नेपाली बिरामी भएको घटना यसैको एक प्रतिनिधि घटना हो । सोमबारदेखि बुधबारसम्म यस्ता मदिरा सेवन गरी सेलांगरमा ५० जना विदेशी कामदार प्रभावित भएका थिए, जसमा २५ जना नेपाली थिए । विषाक्त मदिरा सेवन गर्दा मृत्यु भएका १७ विदेशीमध्ये ६ जना नेपाली थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

“अन्य समयमा पनि विषाक्त मदिरा सेवन गर्दा नेपालीको मृत्यु हुनेगर्छ, तर चाडबाडको मुखमा यो संख्या बढि हुन्छ,” कार्यवहाक राजदूत खरेलले भने ।

उनका अनुसार अत्यधिक मदिरा सेवन गर्दा नेपाली–नेपालीबीच झैगडा हुने, घाइते हुने र केहीको मृत्यु समेत हुनेगर्छ । उनले थपे, “हामी चाडबाडको मुखमा मदिरा सेवन नगर्नुहोस् भनेर सूचनै निकाल्छौं । तैपनि सेवन गर्नेक्रम कम भएको छैन ।”

Global Ime bank

चाडबाडको मुखमा नेपाली कामदारले अत्यधिक मदिरा सेवन गर्ने जानकारी नेपाली दूतावासलाई मात्र होइन त्यहाँका रोजगारदाता कम्पनी र सरकारी निकायलाई पनि छ । पटक पटक ती निकायले यस्तो सेवन रोक्न आग्रह गर्दै आएका छन् । तर, नेपाली कामदारले अत्यधिक मदिरा सेवन गर्न छोडेका छैनन् । 

“वैदेशिक रोजगारमा आएका नेपालीले अत्यधिक मदिरा सेवन गर्ने समस्या पुरानो हो । कामदार आँफै सचेत हुन अत्यन्त जरुरी छ,” कार्यवाहक राजदूत खरेलले भने ।

सोमबार मृत्यु भएका र बिरामी परेका नेपालीले तीन थरी मदिरा सेवन गरेका थिए । दूतावासका अनुसार म्याण्डले ह्वीस्की, ग्राण्ड रोयल ह्वीस्की र किङ फिशर बियर सेवन गर्दा ६ जना नेपालीको मृत्यु र १९ जना घाइते भएका थिए । ती मदिरामा मेथानोल भन्ने उद्योगमा प्रयोग गरिने स्प्रिट पाइएको छ, जसको कारण नेपालीको मृत्यु र बिरामी भएका थिए । उपचाररत मध्ये ४ जना अस्पतालबाट फर्केको र ६ जनाको अवस्था गम्भीर रहेको छ । 

“हामीले अहिले मलेशिया सरकारसँग घटनाको सत्यतथ्य माग गरेका छौं । नेपाली बिरामी रहेका अस्पतालसँग निरन्तर सम्पर्कमा छौं,” उनले भने । 

विषाक्त मदिरा सेवन गर्दा मृत्यु भएका नेपालीमा धादिङ बसेरी–३ का मिमबहादुर घले, रुपन्देही मसिना–६का रामकुमार यादव, डडेल्धुरा अमरगढी–५ का बिशाल बुढाथोकी, सुनसरी पश्चमकुसाहा–९ का संजय उराव, इलाम सिद्धिथुम्का–९ का बलबहादुर कुलुंग र नेपालको ठेगाना खुल्न नसेकेका आइत सिंह गोले रहेका छन् । 

यस्तै, मदिरा सेवनपछि बिरामी भई अस्पताल भर्ना भएका नेपालीमा संखुवासभा सिद्धकाली–४ का लुंगनाथ मगर, सिन्धुली रानीचुरी–५ का जितबहादुर माझी, बर्दिया मैनापेखर–३ का प्रविन थारु, सुनसरी महेन्द्रनगर–६ का दुर्गाबहादुर राई, रोल्पा राङ्गसी–४ का भागीमान डागी, बारा रघुनाथपुर–६ का राधेश्याम बैठा, रुपन्देही फरेना–७ का रामचन्द्र लोध, गोरखा च्याङ्गली–२ का लोकबहादुर बराम छन् । 

सर्लाही ढुंग्रेखोला–८ का रिखा मान स्याङतान, सरु मगर (ठेगाना नखुलेको), नवलपरासी देउराली–८ का दुर्गा सिंह राना, सुकुवल घिसिङ, राजेश कुमार, बिमल कार्की, पाँचथर चोकामागु–६ का सेत बिर तुम्बाप्पो र मोरङ बाबियाबिर्ता–३ का जम्बिरलाल झाँगड पनि विशालु मदिरा सेवनपछि बिरामी भई अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालमा उपचारथमध्ये संखुवासभाका मगर र बर्दियाका थारु, सुनसरीका राई र रोल्पाका डागी डिस्चार्ज भएको दूतावासले जनाएको छ । 

सोमबार मलेशियाको राजाको जन्मदिन परेकोले त्यहाँ सार्वजनिक बिदा दिइएको थियो । चाडबाडको मुख र बिदाको दिन जमघट भई अत्यधिक गुणस्तरहीन मदिरा सेवन गर्दा नेपालीको मृत्यु र बिरामी भएका हुन् । “ठूला चाडबाड सुरु हुन लागेकोले अब दूतावास अझ बढि होशियार हुन्छ,” उनले भने ।

आउँदा दिनमा यस्ता घटना बढ्ने संकेत गर्दै कार्यवहाक राजदूत खरेलले सबै नेपाली कामदारलाई संयम अपनाउन आग्रह समेत गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०७५  ०५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC