site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
२० वर्ष पुराना गाडी काठमाडौंबाट हटाइयो, अन्य जिल्लामा चलाइँदै, आयु थप्न कसरत 
Ghorahi CementGhorahi Cement

काठमाडौं । सरकारले वैशाख १ गतेबाट धुँवा परीक्षणपछि सवारी साधनमा हरियो स्टिकर अनिवार्य गर्ने भनेको ५ महिना बितिसक्दा पनि यस नियमलाई कार्यान्वयनमा ल्याउन सकेको छैन ।
यातायात व्यवस्था कार्यालयले गाडीको धुँवा जाँच गरी कार्बन मोनोअक्साइडको मात्रा सरकारले तोकेजति भएमात्र हरियो स्टिकर दिने व्यवस्था छ ।
यसको मात्रा परीक्षण गर्न सुरुका दिन गृहमन्त्रीदेखि विभिन्न मन्त्रीहरु सडकमा निस्किएर सवारी चेक गरे । तर विभागले वैशाख १ गतेबाटै काठमाडौं उपत्यकासहित ४ महानगरपालिका र १३ उपमहानगरपालिकामा हरियो स्टिकर अनिवार्य गर्ने बताए पनि हालसम्म सो व्यवस्था कार्यान्वयन नहुँदा धुँवा प्रदुषण गर्ने गाडीहरु पनि खुला रुपमा गुडिरहेका छन् ।
उपत्यकाको सवारी नियामक निकाय यातायात व्यवस्था कार्यालय बागमतीले एकान्तकुना र टेकुबाट धुँवा जाँच गरी हरियो स्टिकर वितरण गर्ने सेवा प्रदान गरे पनि देशका अन्य यातायात व्यवस्था कार्यालयहरुमा हरियो स्टिकर वितरणलाई महत्व दिइएको छैन ।
काठमाडौं उपत्यकामा गाडीको चाप बढी हुने, भीआईपीहरुको आउजाउ बढी हुने भएकाले यस्तो अवस्थामा उलेख्य संख्याका पुराना गाडी सञ्चालन गर्दा ती गाडीबाट निस्कने प्रदुषित धुँवाले वातावरण र मानव स्वास्थ्यमा प्रत्यक्ष असर पुर्याउने भन्दै सरकारले यो व्यवस्थालाई २०५२ सालबाट कडाइका साथ काठमाडौं उपत्यकाबाट सुरु गरेको थियो । 
पछिल्लो समय नेपालका प्रमुख सहरहरुमा पनि गाडीको संख्या थपिएको र तिनीहरुबाट निस्कने धुँवाले सर्वसाधारणमा असर गरिरहे पनि सरकारले पुराना गाडीको उचित व्यवस्थापन र नयाँ गाडीलाई हरियो स्टिकर अनिवार्य गर्न सकेको छैन । 

साउन १ बाट पनि अनिवार्य भएन
बजेट अभाव, कर्मचारीलाई तालिमको असुविधा, धुँवा चेकजाँच गर्ने डिभाइसको ठेक्का लगाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायता व्यवस्था विभागबीच आन्तरिक किचलो र धुँवा चेकजाँच गरी हरियो स्टिकर प्रदान गर्ने सेवालाई प्रदेश र स्थानीय तहमा लैजान सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच आपसी छलफल र समझदारी हुन नसक्दा देशभरका मुख्य सहरमा धुँवा प्रदुषित गाडी निर्वाध रुपमा सञ्चालमा छन् ।
“हरियो स्टिकर अनिवार्य गर्न विभागले मात्र पहल गरेर नजितामुखी परिणाम नआउने भएकाले यो व्यवस्थालाई मन्त्रालय स्तरबाटै कार्यान्वयन गराउन यातायात र संघीय मामिला मन्त्रालयसँग पनि छलफलका लागि पहल गरिरहेका छौं,” यातायात व्यवस्था विभागका एक निर्देशकले बाह्रखरीसँग भने । 
उल्लेखित निकायबीच २०७४ फागुनमै आवश्यक छलफल र समन्वय गरी २०७५ वैशाखबाट सम्पूर्ण महानगरपालिका र उपमहानगरपालिकामा हरियो स्टिकर अनिवार्य गरिने बताए पनि सो मिति टरिसक्दा पनि विभागले आफ्नो योजनालाई कार्यान्वयन गर्न सकेको छैन ।  वैशाख १ बाट हरियो स्टिकर लागु गर्न विभाग चुकेपछि आफ्नो निर्णय फेर्दै हरियो स्टिकरलाई साउन १ बाट अनिवार्य रुपमा लागु गर्ने बताएको थियो ।
तर विभागमा कर्मचारीको हेरफेरसँगै विभागका पुराना निर्णय र योजनालाई महत्वका साथ कार्यान्वयन नगरिँदा हालसम्म हरियो स्टिकर अनिवार्य रुपमा लागु हुन सकेको छैन ।

Agni Group

५ वर्ष थप्न विभाग र व्यवसायीको दौडधुप 
२०७१ भदौ २६ गते मन्त्रिपरिषद् बैठकले २ वर्षभित्र देशभरबाट २० वर्ष पुराना गाडी हटाउने निर्णय गरेको थियो ।
यसपछि यातायात व्यवस्था विभागले २०७३ चैतदेखि काठमाडौंबाट २० वर्ष पुराना गाडी चल्नमा रोक लगायो । 
२०७४ साल चैत १ बाट देशैभर २० वर्ष पुराना गाडी चलाउन प्रतिबन्ध गरे पनि हाल उपत्यकाबहिर यस्ता गाडीहरु निर्वाध सञ्चालन हुँदै विभिन्न जिल्ला ट्राफिक प्रहरी कार्यालय स्रोतले जनाएका छन् ।
विशेष गरी स्कुल, कलेज, विभिन्न सरकारी कार्यालयका स्टाप बस र सरकारी अस्पतालहरुले नै पुराना बस सञ्चालन गर्दै आएका छन् ।
यस्ता पुराना गाडीको कार्बोरेटर, क्लजप्लेट, गियरबक्स र इन्जिनको चेम्बरमा नै दीर्घकालीन समस्या देखापर्ने र यस्तो अवस्थाको गाडीबाट निस्केको धुँवा मानव स्वास्थ्य र वातावरणका लागि प्रतिकूल देखिने वातावरणविद् र चिकित्सकहरुको रायअनुसार सरकारले २० वर्ष पुराना गाडीलाई देशभरबाट विस्थापन गर्ने निर्णय गरेको थियो ।
तर प्रदुषण गर्ने २० वर्ष पुराना गाडीलाई ५ वर्ष म्याद थप गरी २५ वर्षसम्म चल्न पाउने यातायात व्यवसायीको मागमा यातायत व्यवस्था विभाग लागीपरेको स्रोत बताउँछ । 
“यातायात व्यवसायीको माग हो या दबाब अहिले आएर प्रदुषण गराउने २० वर्ष पुराना गाडी थप ५ वर्ष चल्न पाउनुपर्नेमा विभागले मन्त्रालयसँग पहल गर्दै आएको छ,” सार्वजनिक यातायात सुधार अभियन्ता रामबहादुर थापाले बाह्रखरीसँग भने, “विभागले व्यवसायीको पहलमा चिकित्सक र विज्ञको सुझावलाई नै मिच्न खोज्दा एकातिर हरियो स्टिकर लागु हुन सकेको छैन अर्कातिर २० वर्ष पुराना गाडीले प्रदुषण बढाइरहेका छन् ।”

काठमाडौंमै अनियमित 
सवारीको धुँवा परीक्षणपछि वितरण गरिने हरियो स्टिकर हाल धुँवा परीक्षण गर्ने उपकरण अभावका कारण काठमाडौंमै यसको वितरण प्रभावकारी रुपमा हुन सकेको छैन ।
यातायात व्यवस्था कार्यालयका प्राविधिक र कर्मचारी र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरीको अग्रसरतामा हरियो स्टिकर कार्यान्वयन गरिँदै आए पनि गतवर्ष नै विभागले टेन्डर गरेका उपकरणहरु समयमै विभागमा आइनसक्दा यो नियम काठमाडौंमै अनियमित छ ।
विभागले गत वर्ष नेपाली कम्पनी हेलिस इनटरनेशनलाई १ करोड ४६ लाखमा पेट्रोल इन्जिनको धुँवा जाँच गर्ने २० वटा, डिजल इन्जिनको धुँवा जाँच गर्ने २० वटा मेशिन र सवारीको इन्जिन र चेसिस जाँच गर्ने २० वटा क्यामेरा र यसको प्रयोगबारे देशभरका यातायात व्यवस्था कार्यालयका आवश्यक कर्मचारीलाई तालिम दिन टेन्डर गरे पनि ती उपकरणहरु हालसम्म विभाग आउन बाँकी रहेको विभागका तत्कालीन निर्देशक तथा सूचना अधिकारी तुलसीराम अर्यालले बाह्रखरीलाई जानकारी दिए । 
प्रदुषित धुँवा फाल्ने २० वर्ष पुरानामात्र नभएर नयाँ गाडीसमेतले हरियो स्टिकर नियम पालना नगरे रु. ५ सयदेखि २ हजारसम्म जरिबाना गरिने महाशाखाले बताए पनि नियमको कार्यान्वयन पक्षमा विभाग कमजोर देखिएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०७५  ०५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC