site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
कांग्रेस नेता पौडेल पोर्चुगल भ्रमणमा
Sarbottam CementSarbottam Cement

लिस्बन । यूरोप भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पोर्चुगल आइपुगेका छन् । उनी बुधबार साँझ पोर्चुगलको राजधानी लिस्बन आइपुगेका हुन् ।

पौडेललाई लिस्बन विमानस्थलमा नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष विनोद घिमिरे, संस्थापक अध्यक्ष पूर्ण हमाल, निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, पोर्चुगलका लागि अवैतनिक नेपाली वाणिज्यदूत मकरबहादुर हमाल, गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष कुबेर कार्की लगायतले स्वागत गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, पौडेलको स्वागतका लागि पोर्चुगलस्थित नेपाली समुदायसँग सम्बन्धित विभिन्न संघ, संस्थाका पदाधिकारी तथा कांग्रेस कार्यकर्ताहरु विमानस्थल पुगेका थिए।

बेल्जियम, फ्रान्स, लग्जेम्वर्ग लगायत विभिन्न मुलुकमा जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भई लिस्बन आइपुगेका पौडेलले बिहीबार दिउँसो जनसम्पर्क समिति पोर्चुगलले बिपी जयन्तीको अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने छन्।

Global Ime bank

पौडेल पोर्चुगलको कार्यक्रम स्पेन प्रस्थान गर्ने बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०७५  ०६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC