site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

वासिङ्टन (रासस/ एपी) । अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा मनोनयन गरिएका ब्रेट काभानाघमाथि एक महिलाले लगाएको यौन शोषणको आरोपमा सत्यता रहेजस्तो आफूलाई नलागेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

राष्ट्रपति ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशका लागि ब्रेट काभानाघलाई सिफारिस गरेका छन् र उनका सम्बन्धमा अमेरिकी सिनेटको न्यायिक समितिमा हप्तौंदेखि सुनुवाइ भइरहेको छ । आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावअघि नै न्यायाधीश नियुक्ति गरिसक्ने राष्ट्रपति ट्रम्पको योजनामा यस प्रकरणले ठूलो समस्या निम्त्याइरहेको छ ।   

Prabhu Bank
Agni Group
NIC Asia

आरोप लगाउने महिलाले यौन शोषणका सम्बन्धमा विश्वसनीय आधार प्रस्तुत गर्न सके “हामीले निर्णय गर्नुपर्ने हुन्छ”, राष्ट्रपतिले भनेका छन् ।

ट्रम्पले काभानाघ एकजना कुशल व्यक्ति रहेको बताउँदै उनीबाट कुनै विपरीत कार्य होला भन्ने अनुमान गर्न पनि नसकिने बताए ।

Global Ime bank

काभानाघका सम्बन्धमा न्यायिक समितिमा सोमबार सुनुवाइ हुँदैछ । समितिको बैठकमा काभानाघ र यौन शोषण भएको भन्दै खुला चुनौती दिने क्यालिफोर्निया कलेजका प्राध्यापक क्रिस्टाइन ब्लासी फोर्डलाई आआफ्ना तर्क प्रस्तुत गर्न आमन्त्रण गरिएको छ । 
फोर्डको भनाइमा मदिरा सेवन गरेका काभानाघले केही दशकअघि आफूमाथि आक्रमण गरेको आरोप छ ।

फोर्डका कानुन व्यवसायीहरुले समितिमा बयान लिनुअघि अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई) लाई अनुसन्धान गर्न दिनुपर्ने आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपतिकी उम्मेदवार रहिसकेकी हिलारी क्लिन्टनले ह्वाइट हाउसले एफबीआईलाई यौन शोषणका सम्बन्धमा जाँचका लागि आदेश दिनुपर्ने बताएकी छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०७५  ०८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC