site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विदेशमा बेचिँदै प्रहरी प्रमाणपत्र ! ४ वर्षमा ३ डीआईजीसहित ६ हजारले जागिर छाडे
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईजीपी प्रकरणमा असहमति जनाउँदै डीआईजी नवराज सिलवालले राजीनामा दिए । डीआईजीबाट राजीनामा दिएपछि उनी ललितपुरबाट नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को टिकटमा चुनाव लड्दै प्रतिनिधिसभा सांसदमा निर्वाचित भए ।
२०७४ मै आईजीपीको प्रतिस्प्रर्धामा रहेका अर्का डीआईजी रमेश खरेलले पनि राजीनामा दिए । सर्वेन्द्र खनाललाई सरकारले आईजीपीमा नियुक्त गरेपछि उनले प्रहरी सेवा त्यागेको घोषणा गरे ।  सिलवाल र खनालको राजीनामाको कारण आफु आइजीपी बन्न नपाएकै थियो । २०७४ मै प्राविधिक तर्फकी डीआईजी शिला कंशाकार कार्कीेले व्यक्तिगत कारण देखाउँदै जागीर छाडिन् । 

२०७४ सालमा एकैवर्षमा ३ जना डीआईजीले आफ्नो पदबाट राजीनामा दिए ।

त्यसपछि एकैवर्षमा तीनजना डीआईजीले राजीनामा दिएका थिएनन् । चारवटै सुरक्षा निकायमध्ये जनतासँग प्रत्यक्ष जोडिएको नेपाल प्रहरीमा पछिल्लो समय विभिन्न कारणले जागिर छाड्ने क्रम बढ्दो मात्रामा छ । जागिर छाड्नेमा तल्लो दर्जाका प्रहरी बढी छन् । ०७१ सालमा एकजना एसएसपीसहित १७ सय २३ जनाले जागिर छाडे । जसमा ६ जना डीएसपी, २० जना इन्स्पेक्टर, १ सय ११ जना सइ, ३३९ जना असइ, ८ सय ४७ जना हवल्दार, ३ सय ६८ जना जवान र ३१ जना प्रहरी कार्यालय सहयोगी गरी १७ सय २३ जनाले राजीनामा दिए । ०७२ सालमा ३ जना डीएसपी, १९ जना इन्स्पेक्टर, १०३ जना सइ, २८६ जना असइ, ४ सय ७० जना हवल्दार, ३ सय २१ प्रहरी जवान र ४२ जना कार्यालय सहयोगी गरी १२ सय ५२ जनाले राजीनामा दिए । ०७३ सालमा एकजना एसएसपी, एकजना डीएसपी, ५ जना इन्स्पेक्टर, ८४ जना सइ, ३ सय ४ जना असइ, ५ सय ३५ जना हवल्दार, १ सय ३५ जना जवान र ३५ जना कार्यालय सहयोगी गरी ११ सय ६० जनाले राजीनामा दिए । यस्तै ०७४ सालमा ३ जना डिआईजी, २ जना एसपी, एकजना डीएसपी, ५ जना इन्स्पेक्टर, ६३ जना सइ, २०२ जना असइ, १२ सय ५६ जना हवल्दार, २ सय ११ जना जवान र १८ जना कार्यालय सहयोगी गरी १७ सय ८१ जनाले राजीनामा दिँदै जागिर छाडे । यसरी ०७१ देखि ०४ सम्म आइपुग्दा झण्डै ६ हजार अर्थात ५ हजार ९ सय १६ जनाले प्रहरीको सेवा त्यागे । ०७५ मा पनि प्रहरीमा राजीनामा दिनेहरुको क्रम बढ्दो छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीभित्र सिनियर प्रहरी अधिकृतबाट हुने व्यवहार ओभरटाइम ड्युटी, सेवा सुविधा, मुल्यांकनलगायतका कारण जुनियर प्रहरीहरुले राजीनामा दिने गरेको पाइएको छ ।

तर राजीनामा पत्रमा भने सबैले व्यक्तिगत कारणले नै संगठनबाट राजीनामा दिनुपरेको उल्लेख गर्ने गरेका छन् । नसिहत, स्पष्टिकरण, ग्रेड रोक्का लगायतका कारणले पनि जागिरबाट राजीनामा दिने क्रम बढेको हो । हाल नेपाल प्रहरीमा ७५ हजारको दरबन्दी कायम छ । राजीनामा दिएका अधिकांश जुनियर अधिकृत वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ ।

Global Ime bank

‘‘प्रहरीका प्रमाणपत्र वैदेशिक रोजगारीको माध्यम बनेका छन् संगठनले तल्लो दर्जाको मर्म नबुझ्दा पनि यस्तो समस्या आएको हो । प्रहरीमा १०–१५ वर्षभन्दा बढी सेवा गरेको व्यक्तिले बीचैमा राजीनामा दिनु राम्रो होइन,” एक प्रहरी अधिकृत भन्छन् । तर नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्री भने संगठनमा सानो हिस्साले राजीनामा दिनुलाई स्वभाविक मान्नुपर्ने बताउँछन् । 

‘‘धेरैका व्यक्तिगत कारण नै हुन्छन् । राजीनामा दिनेहरु संगठनको ३ प्रतिशत पनि छैनन्, यो जहाँ पनि हुन्छ,’’ क्षेत्रीले भने । परिवर्तित व्यवस्था, बदलिँदो संगठनको स्वरुपमा कतिपयले आफुलाई रुपान्तरण गर्न नसक्दा पनि राजीनामा आउने गरेको उनको भनाइ छ । 

तस्बिरः नेपाल प्रहरीको फेसबुक पेजबाट


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०७५  ०९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC