site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रेडकार्ड पाएपछि मैदानमै भक्कानिएर रोए रोनाल्डो
Ghorahi CementGhorahi Cement

एजेन्सी । विश्व चर्चित फुटबल स्टार युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्सलिगमा अहिलेसम्म ११ वटा रातोकार्ड पाएका छन् । उनले ११ औं कार्ड बिहीबार बिहान सम्पन्न युभेन्ट्स र भ्यालेन्सियाबीचको खेलमा पाएका हुन् । यही सिजनमा इटालियन फुटबल क्लब युभेन्ट्समा आवद्ध भएका रोनाल्डोले यो सिजनको पहिलो खेलमा नै रातो कार्ड पाए । रियल मड्रिडमा हुँदा उत्कृष्ट प्रदर्शन गर्दै आएका रोनाल्डोले युभेन्ट्सबाट खेलेको पहिलो खेलमा नै रोतो कार्ड पाए ।

त्यसो त उनले यसअघि पनि च्याम्पियन्स लिगका खेलमै १० वटा रातो कार्ड पाइसकेका छन् । जसमा ४ वटा रातो कार्ड म्यान्चेस्टर युुनाइटेडमा हुँदा र ६ वटा रातो कार्ड रियल मड्रिड आएपछि पाएका हुन् । भ्यालेन्सियाविरुद्धको खेलमा उनले खेलको २९ औं मिनेटमा पेनाल्टी एरियामा लडेका भ्यालेन्सियाका सेन्टर ब्याक जेसन मुरिलोको कपाल तानेर उनीमाथि दुर्व्यवहार गरेपछि रेफ्रीले उनलाई रोतो कार्ड दिने निर्र्णय गरेका थिए ।

Agni Group

रोनाल्डो टिमबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको युभेन्टसले भ्यालेन्सियामाथि २—० को जित हात पार्दा दुवै गोल पेनाल्टीमार्फत भएको थियो ।

च्याम्पियन्स लिगको दोस्रो खेलमा योङ्ग ब्वाइजविरुद्धको खेलमा रोनाल्डो बेञ्चमा बस्ने छन् । विश्व फुटबलमा यतिबेला बार्सिलोनाका स्टार लियोनल मेस्सी र रोनाल्डोको चर्चा भइरहँदा च्याम्पियन्स लिगको पहिलो खेलमा मेस्सीले ह्याट्रिक गोल गरेका थिए भने रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाएका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०७५  १०:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC