site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
शान्ति विश्वविद्यालय प्रस्ताव स्वीकृत
Ghorahi CementGhorahi Cement

काठमाडौँ, रासस । प्रतिनिधिसभाको आजको बैठकले ‘शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको सम्झौतासम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । 
गृहमन्त्री थापाले विश्व शान्तिको स्थापनामा नेपालले महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै उक्त सम्झौता अनुमोदन गर्नु जरुरी रहेको बताए । नेपालमा स्थायित्व र शान्ति स्थापनार्थ शान्ति विश्वविद्यालयको अवधारणा अगाडि सारिएको उल्लेख गर्दै मन्त्री थापाले शान्ति स्थापनासम्बन्धी अनुसन्धानकर्ता तयार पार्न विश्वविद्यालय सान्दर्भिक एवं उपयोगी भएको जानकारी दिए । 
प्रतिनिधिसभाको अर्को बैठक यही असोज ९ गते मङ्गलबार दिनको २ बजे बस्नेछ । 

Agni Group

समितिका सभापति निर्वाचन असोज ७ गते 

प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गतको संयुक्त समितिको सभापतिको निर्वाचन यही असोज ७ गते हुने गरी मिति तय गरेको छ । 

Global Ime bank

सभामुख कृष्णबहादुर महराले निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशित गर्न सचिवालयलाई निर्देशनसमेत दिए । संसदीय सुनुवाइ समिति र राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको नेतृत्व चयनका लागि मिति तय गरिएको हो । ती दुई समिति सङ्घीय संसद्को संयुक्त समिति हो । 
यसैबीच राष्ट्रियसभाको आजैको बैठकले उक्त संयुक्त समितिमा रहने सदस्यको नामावली हेरफेर गरी सभापतिको निर्वाचनको विषयमा जानकारी गराएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०७५  १३:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC