site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारहरुको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सभामुख महराले पत्रकारहरुको माग सम्बोधन गर्न सरकारले नयाँ मुलुकी ऐन संशोधन गर्ने बचन आफूलाई दिएको जानकारी दिएका छन् । 
बिहीबार काठमाडौंमा आयोजित ‘संविधान र पूर्ण प्रेस स्वतन्त्रता’ विषयक विचार गोष्ठीमा उनले देश र जनताको पक्षमा समर्पित भएर समाचार सम्प्रेषण गर्न पनि पत्रकारहरुलाई आग्रह गरे । पत्रकारितालाई विश्वसनीय र मर्यादित बनाउन पनि पत्रकारहरुले देश र जनताको पक्षमा समर्पित भएर काम गर्नुको विकल्प नरहेकोे सभामुख महराको भनाइ छ ।
सभामुख महराले नयाँ मुलुकी ऐन संशोधनका लागि सरकारसँग पर्याप्त छलफल गर्न नेपाल पत्रकार महासंघलाई सुझाव दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने गरी एकपछि अर्को कानुन ल्याएको भन्दै आपत्ति जनाए । उनले प्रेस स्वतन्त्रता विरोधि कानुन संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिए । 
कार्यक्रममा नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार ओखलढुंगाका पत्रकार कुम्भराज राईलाई प्रदान गरिएको थियो । नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले प्रत्येक २ वर्षमा प्रदान गर्दै आएको सो पुरस्कारको राशि २ लाख २२ हजार २ सय २२ रुपैयाँ रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०७५  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC