site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपाल–चीन सम्बन्ध नङ र मासु जस्तैः उपराष्ट्रपति पुन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले केही वर्षयता नेपाल र चीनबीचको सम्बन्ध अझ गहिरो र फराकिलो बन्दै गएको बताएका छन् । समय–समयमा भएका उच्चस्तरीय भ्रमणहरुको आदानप्रदानबाट द्विपक्षीय सम्बन्ध थप मजबुत र फराकिलो बनेको उनले बताए । 
“विगत केही वर्षयता नेपाल र चीनबीचको सम्बन्ध अझ गहिरो तथा फराकिलो बनाउन हामीले नयाँ सहयोगका क्षेत्रहरु पहिचान गरेका छौँ । ती क्षेत्रहरुमा महत्वपूर्ण उपलब्धी पनि हासिल गरेका छौं,” चीनको सिचुवान प्रान्तको राजधानी छेन्दूमा बिहीबारबाट सुरु भएको ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले भने । 
पछिल्लो केही वर्षयता दुई देशबीच महत्वपूर्ण सम्झौताहरु सम्पन्न भएकोमा उनले खुसी व्यक्त गरे । पछिल्लो सयम नेपाल र चीनबीच भएका पारवहन यातायात सम्झौता, बेल्ट एण्ड रोड इनिसियेटिभसम्बन्धी समझदारी र रेल परियोजनामा सहयोगसम्बन्धी समझदारी महत्वपूर्ण रहेको दाबी उनले गरे । 
“हाम्रो सम्बन्ध सगरमाथाजस्तै उँचो भइरहेको छ भने नङ र मासु जस्तै बनिरहेको छ । हामीलाई इतिहास, परम्परा, मूल्य मान्यताहरु तथा भूगोलले एक अर्काबाट छुट्टिनै नसक्ने गरी जोडेको छ,” उपराष्ट्रपति पुनले भने । 
सम्बोधनका क्रमममा उनले नेपाल नेपाल र चीनबीच सदियौं पुरानो तथा प्रगाढ र घनिष्ठ सम्बन्ध रहिआएको जनाए । उनले नेपाल र चीनबीचको सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित रहेको बताए ।
“नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ । नेपाल आफ्नो भूमिलाई चीनविरुद्ध कुनै पनि क्रियाकलाप हुन नदिन प्रतिवद्ध छ,” समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपनि पुनले भने, “चीनले अवलम्बन गरिरहेको मित्रता, सदासयता, आपसी लाभ तथा समावेशीताका सिद्धान्तहरुद्वारा निर्देशित छिमेक कूटनीतिको हामी प्रशंसा गर्दछौं ।” 

चिनियाँ नेतृत्वले लिएको सन् २०४९ सम्म चीनलाई एउटा महान् आधुनिक समाजवादी मुलुक बनाउने लक्ष्यको उनले खुलेर प्रशंसा गरे । त्यसैगरी, विगत चार दशकमा खुलापन र सुधारको माध्यमबाट चीनले हासिल गरेको आर्थिक वृद्धि र चिनियाँ जनताको जीवनस्तरमा आएको गुणात्मक सुधारको समेत उनले प्रशंसा गरेका थिए । 

सम्बोधनका क्रममा उपरराष्ट्रपतिले मेलामा विभिन्न देशबाट सहभागी हुन आएका लगानीकर्ताहरुलाई नेपालमा उपलब्ध लगानीका प्रचुर सम्भावनाहरुबाट फाइदा लिन अनुरोध गरेका थिए । उनले थपे, “नेपालको प्रचलित ऐन कानून र नीतिहरु लगानीमैत्री रहेका छन् । विदेशी लगानीको सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको छ । आर्जित मुनाफालाई शतप्रतिशत स्वदेश लैजान पाउने सुविधाको कानुनी व्यवस्था गरिएको छ । नेपालमा लगानी गरेर तपाईंहरुलाई लाभ नै हुनेछ भन्ने कुरामा म विश्वास दिलाउन चाहन्छु ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०७५  १४:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC