site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कृषककको आय दोब्बर भए विकासशील राष्ट्रमा स्तरोन्नित हुन समस्या छैन : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषकहरुको आय दोब्बर भए सन् २०२२ भित्र अल्पविकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन कुनै समस्या नरहेको बताएका छन् । बिहीबार सुरु भएको सार्क राष्ट्रका किसानको आय दोब्बर बनाउनेसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले सुरु भएको सम्मेलनले आवश्यक छलफल गरी नेपालहित सार्क क्षेत्रका कृषकको अवस्था सुधारमा नीतिगत सुधारका लागि निर्देशित गर्ने आशा व्यक्त गरे । उनले भने, “यो सम्मेलनले यस क्षेत्रका अधिकांश जनता संलग्न भएको कृषिको विकासका लागि केकस्ता कदम चालिएका तथा कुन अवस्थामा रहेको केलाउन सहयोग गर्नेछ ।” सहकार्य र सहयोगबाट एकअर्काको हितका लागि मिलेर काम गर्न सकिने उनको दाबी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि कृषिक्षेत्रमा नेपालको अवस्था चित्रण गर्दै ओलीले दुई–तिहाई जनता कृषिमा निर्भर रहेपनि कुल गार्हस्थ्य उत्पादनमा एक–तिहाई मात्र योगदान दिएको बताए । यो अवस्था एकदमै नाजुक रहेको उल्लेख गर्दै ओलीले निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक कृषिमा रुपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनले भने, “हामीले गरेका अन्तर्राष्ट्रिय प्रतिवद्धताअनुरुप हामीले स्पष्ट नीति, दृष्टिकोणसहित गम्भीरतापूर्ण काम गर्नुपर्ने छ ।” प्रधानमन्त्री भएयता आफूले गरिबी न्यूनीकरण गरी भोकमरीको अन्त्य गर्ने प्रण गरिसकेको पनि उनको दाबी थियो ।

Global Ime bank

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा सञ्चार केन्द्र र नेपाल कृषि प्रसार समितिको संयुक्त आयोजनामा बिहीबार उद्घाटन भएको सम्मेलन ४ दिनसम्म चल्नेछ । सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका तथा भुटानका उच्चपदस्थ कर्मचारीसहित प्राध्यापन, कृषि विज्ञसमेत गरी २ सय जनाको सहभागिता रहेको छ ।

सम्मेलनमा ४ विधामा ८५ वटा कार्यपत्र प्रस्तुत हुनेछन् । सम्मेलनपछि जारी गरिने काठमाडौं घोषणापत्र यस क्षेत्रका कृषकहरुले अनुभव गरेका चुनौतीको सामना गर्दै आय दोब्बर गर्न तथा यस क्षेत्रका खाद्य सुरक्षाको प्रवद्र्धन तथा गरिबी निवारणका लागि उपयुक्त कृषि प्रसार रणनीति तय गर्न टेवा पुग्ने अपेक्षा लिइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०७५  १५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC