site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
फिफा वरीयतामा नेपाल एक स्थान माथि
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । फिफा वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान माथि उक्लँँदै १ सय ६० औं स्थानमा पुगेको छ । गत महिना नेपाल १ सय ६१ औ स्थानमा थियो । बंगलादेशमा सकिएको साफ च्याम्पीयनसिपमा उत्कृष्ट पुनरागमनसहित सेमिफाइनलमा पुगेको नेपालको १ स्थान सुधार भएको हो । 

दक्षिण एसियामा भारत ९७ स्थानसहित शिर्षस्थानमा छ भने माल्दिभ्स १ सय ५१ स्थानसहित दोस्रो स्थानमा छ । नेपाल तेस्रो तथा नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान छन् । साफ च्याम्पीयनसिपमा समूह चरणमा नेपाललाई हराएको पाकिस्तान १ सय ९९ औं स्थानमा छ भने बंगलादेश १ सय ९३ स्थानमा छ । यस्तै भुटान १ सय ८८ स्थानमा रहँदा श्रीलंका पनि १ सय ९९ औं स्थानमा छ । विश्वकप विजेता फ्रान्स र बेल्जियम संयुक्तरुपमा फिफा वरीयताको शिर्षस्थानमा छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०७५  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC